नेपाली कांग्रेस अन्तरघात गर्न र आप्mनै उम्मेदवारलाई हराउन मरिमेटेर लाग्ने दलको रुपमा सबैले चिनेकै हुन् । गिरिजाप्रसाद कोइरालाले कृष्ण प्रसाद भट्टर्रालाई हटाएर आफू प्रधानमन्त्री बन्न सुरु गरेको अभियान निरन्तर रुपमा जिल्ला हुँुदै गाउँसम्म पुगेको छ । आफू निकटकालाई जिताउने र निकट नभएकालाई हराउने अभियान स्थानीय तह प्रदेश र संघीय संसलको चुनाममा देखिदै आएको हो र यस पटक राष्ट्रिय सभाको चुनावमा पनि देखिएको छ । कांग्रेसभित्र अनुशासनको खरेडी भएकै कारण कांग्रेसका जिल्ला अध्यक्ष सचिव कोषाध्यक्ष अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस हराउन एमाले जिताउन अभियान बोकेर जिल्लाव्यापी लागेका हुन् तर उनै नेता भएकाले उनीहरुलाई कारवाही कसले गर्ने ?
त्यति मात्रै नभएर जन वर्गिय संघ संगठन र शुभेच्छुक संगठनहरुको चुनावमा पनि कांग्रेसले अन्तरघात गर्न नपाए वा बागी उठाउन नपाए छटपटिने गरेको पाइन्छ । त्यसैले कांग्रेसको नेता हुन अन्तरघात गर्न र गुट बनाउन सिपालु नै हुनु पर्दछ । देशकै कांग्रेसी सबै नेता नचिने पनि कञ्चनपुरका यस अघि नेतृत्वमा रहेका नेताहरुलाई स्थानीय सबैले चिन्छन् । स्थानीय चुनावमा आप्mनो दलको उम्मेदवार हराउन उनीहरुले खेलेको भूमिकाप्रति सबै परिचित छन् । अहिले राष्ट्रियसभा चुनावमा स्पष्ट बहुमत रहेको सत्ता गठबन्धनले कोशी प्रदेशमा एक सिट गुमाएको छ । कोशी प्रदेशमा भएको दुई सिटको निर्वाचनमा एक कांग्रेस र एक माओवादीले भाग लगाएका थिए । जसमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् ।
कोशी प्रदेशमा सत्ता गठबन्धनको ५ हजार तीन सय ९८ मतभार भए पनि कार्कीले ४ हजार नौ सय ९२ मत प्राप्त गरेकी थिइन् । कांग्रेसले गरेको विश्वासघातको कारण एमालेले गठबन्धनबाट एक सिट फुत्काएको छ । यस परिणामले गठबन्धनमा हलचल मच्चाएको छ । सत्तारुढ गठबन्धनको मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइरालाले अप्रत्याशित जित निकालेकी छन् । सत्ता गठबन्धनका दुई उम्मेदवार सिटौला र कार्कीलाई गठबन्धनबाटै ठूलो अन्तरघात भएको तथ्याड्ढले देखाउँछ । कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्यमध्ये गठबन्धनको ४७ जना हुन् भने एमाले र राप्रपाको ४६ सांसद हुन् ।
सत्ता गठबन्धनको महिलातर्फकी उम्मेदवार कार्कीले ४४ सांसदको मतमात्रै पाइन् भने गठबन्धनकै ३ जना सांसदले विपक्षी गठबन्धनलाई मत दिए । महिला उम्मेदवार कार्कीले स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमध्ये गठबन्धनको पक्षमा १५३ जनाको मतमध्ये १४० जनाको मात्रै मत पाइन् । गठबन्धनकै ३ सांसद र स्थानीय तहका १३ जना जनप्रतिनिधिले अन्तरघात गर्दा उनले पराजय व्यहोर्न प¥यो । सत्ता गठबन्धनको पर्याप्त मत हुँदाहँुदै आप्mना उम्मेदवार पराजित बनेपछि माओवादी केन्द्र कांग्रेससँग असन्तुष्ट बनेको छ ।