राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरंकुुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ का दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवस मनाउदै आएका छौ । ७४ औ“ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रम गरि मनाइयो । सरकारले दिवसको अवसरमा फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने यसअघि नै निर्णय गरेको थियो । सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति र सबै स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति गठन गरी विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइँदै छ ।
प्रजातन्त्र दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च, टुडिखेलमा बिगुल बजाउने तथा तोप र बन्दुकको बढाइ गन गरिन्छ । तर राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका छन् । समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ । पत्रकारहरूले नै प्रवेश नपाउने कार्यक्रमलाई प्रजातन्त्र दिवस भन्न सकिने अवस्था छैन । यस्तो नाम मात्रको प्रजातन्त्र दिवसले त्यतिबेलाका चार शहीदको आत्मामा ठेस पुग्न सक्छ । नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको पहिचान दिलाउने, नेपाली समाजमा लोकतन्त्र र जनअधिकारको बहाली गर्ने र समग्र राष्ट्रलाई विकास एवं सम्बृद्धिको बाटोमा अघि बढाउने लक्ष्यका साथ २००७ को जनक्रान्ति सम्पन्न भएको थियो ।
२००७ पछि नेपालमा ०४६ को परिवर्तन र अर्को ०६३ को परिवर्तन गरी दुईवटा ऐतिहासिक राजनीतिक परिवर्तन भएका छन् । तर अहिले पनि एउटा सार्वजनिक समारोहमा जान पनि राज्यको अनुमपत लिनु पर्ने अवस्थाले प्रजातन्त्रकै उपहास गरेको छ । २०६२÷०६३ को जनआन्दोलन पछि संविधानसभाको निर्वाचन सम्पन्न भएर देशमा सहमति, सहकार्य र सहमेलको आधारमा शान्ति र संविधानलाई परिणाममुखी बनाउदै कानुनी राज्यको असीम आशाद्वीप प्रज्वलित हुनु पर्नेमा आज पहजोका राजा महाराजाको शासन काललाई नै मात दिने खालका गतिविधले जनतामा निरासता छाएको छ ।
विडम्बना नै भन्नु पर्छ यो देशका राजनीतिक दलहरू र यसका शीर्षनेताहरू भने लोकतन्त्र, गणतन्त्र र संघीय राज्यलाई आ–आप्mनै कोणबाट अपव्याख्या गर्दै दलका नेता कार्यकर्ताको लुटतन्त्रमा परिणत भएको छ । महँगी दिन दुगुना रात चौगुणा बढ्दै छ । हत्या–हिंसा चुलिएर राज्य प्रशासन निकम्मा, निरीह र बेकम्मा भएको छ । भ्रष्टाचार, नातावाद, घूस, कमिसनको खेल छ । टेन्डर र कोटेसनमा गुन्डा, दादा र डनहरू नै हालिमोहाली छ । राष्ट्र लुटेरा, तस्कर, माफियाहरू पार्टीमा उपल्लो स्थान बनाएर कब्जा जमाइरहेका छन् । यसरी सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, व्यवसायिक सबै क्षेत्रमा विकृति मौलाएको छ । सर्वत्र झण्डावाल र डण्डावालले लुट्को खेती मच्चाइरहेका छन् ।