
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठ कटानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश साँसद सहित १९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनमा वैज्ञानिक वन कार्यक्रम मार्फत भएको ३७ हजार क्युफिट काठ कटान अनियमितामा राप्रपाका प्रदेश साँसद जानकी प्रसाद यादव सहित तत्कालिन कपिलवस्तुका वन अधिकृत कृष्णदेब भट्ट सहित विरुद्ध मुद्दा दायर गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व निमित्त वन निर्देशक भट्ट विरुद्ध अख्तियारले २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ बिगो माग दावी गरिएको छ । उनी २७४ देखि एक वर्ष कपिलवस्तुमा वन अधिकृत भएका थिए ।
निमित्त वन निर्देशक भट्ट केही महिना अघि घुस बार्गेनिङ्गको अडियो बाहिर आएपछि विवादमा तानिएका थिए । उनी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा हाजिर गर्दै आएका थिए ।
सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिले भने अडियो काण्ड छानबिन गरी उनलाई मुक्ति दिएको थियो।
