ghar sansar

समृद्धिको नारा

Amity

१०४ वर्ष लामो जहाँनिया राणाशासनको अन्त्य गर्दै मुलुकमा प्रजातन्त्र स्थापना भएको ७३ वर्ष पूरा भएको छ । जनता सर्वभौम भएको दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाएको छ । जनता दासताबाट उन्मुक्ति पाएको भनिएको ७३ वर्ष पूरा भएर ७४ वर्षमा प्रवेश गरि सकेको छ । २००७ सालमा आयो भनिएको प्रजातन्त्रको २०१७ सालमा घाटी निमोठेर पञ्चायती प्रजातन्त्र ल्याइयो । पञ्चायती व्यवस्थाले जनतालाई सुख सयल दिन सकेन र अर्को व्यवस्था चाहियो भन्दै चरणवद्ध अन्दोलनहरु भए फलस्वरुप २०४६ सालमा जनताले चाहेको प्रजातान्त्रिक व्यवस्था आयो । त्यो व्यवस्थाले पनि सबैको चित्त बुझाउन सकेन र जनयुद्धका नाममा हजारौ नेपाली मारेर आएको अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि जनताको अवस्था जस्ताको त्यस्तै छ जस्तो ७३ वर्ष पहिले थियो ।

राणाकालमा भाईभारदार हुन्थे, अहिले नेताका आसेपासेले हुकमी शासन चलाइ राखेका छन् । देशले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा बोकेर हिडेको छ । अहिले सम्म जति पनि सरकार बनेका छन् सबै सरकार समृद्धिका कुरा गरि रहन्छन् । तर कामभन्दा कुरामै समृद्धिको नारा सिमित भएको छ । समृद्धि शब्दको अर्थले सम्पन्न हुनु वा समृद्ध हुनु हो । समृद्धिको नाराले आम जनताहरुको पीडालाई समेटेको देखिदैन । गास, बास र कपासदेखि, स्वास्थ्य, अनि शिक्षामा सर्वसाधरणको पहुच पुगेको देखिदैन । नेपालका हरेक नागरिकले नचुहिने छत र एक छाक खाना सुनिश्चित गर्न सकेका छैनन् । त्यतिका लागि सिंगो मुलकको युवा जनशक्ति विदेश पलायन भएको छ । तीनै युवाले पठाएको रेमिट्यान्सबाट देश चलिराखेको छ ।

lotus institite

अहिले देश संघीय संरचनामा चलिरहेको छ । देशमा हाल ७ सय ५३ स्थानीय सरकार छ । ६ हजार ७ सय ४३ वटा वडा छ । देशले पाँचवर्षे संघीय शासन खेपेर स्थानीय निर्वाचन मार्फत हरेक स्थानीय तहले फेरि पाँच वर्षे स्थानीय जनादेश पाएको दुई वर्ष पुग्न लागेको छ । यस अघि चुनावमा सुनिएका समृद्धिका नारा त्यो चुनावमा पनि सुनिएकै थियो । राजनीतिक दलहरु र तीनका नेताहरुले ठाउँ र परिवेशअनुसार विभिन्न समृद्धिका नारा बनाउने र भोट बटुल्ने काम गरेका हुन्छन् । निर्वाचनको समयमा नेताको भाषण र नारा सुन्दा मुलुकको विकास र समृद्धि केही महिनामा भैहाल्ने हो कि जस्तो लाग्ने गरिन्थ्यो तर चुनावको नतिजासँगै ती नारा ती नेता कता हाराए जनताले थाहा नै पाउदैनन् ।

स्थानीय, प्रादेशिक र संघीय सरकारबीच समन्वय नहुँदा समृद्धि ओझेलमा परेको भनेर नि नेताहरुले जनतालाई ठग्ने गरेको पाइन्छ । तर उनै नेता स्थानीय, प्रादेशिक र संघीय सरकारमा भएकाले किन तालमेल गर्न सकेन त्यसको जवाफ छैन । राजनीतिक क्षेत्रबाट सुधारका विषयको थालनी नभए सम्म समृद्धिको नारा नारामा मात्र सिमित हुन्छ । मूलतः राजनीतिले जनतासमक्ष प्रतिबद्धता जनाएका कुरा पूरा गर्न तत्पर हुनु पर्दछ । भविष्यमा गर्ने वा गर्न सम्भव विषय मात्र भनिनु पर्दछ । यसबाट मात्र राजनीतिक जवाफदेहिता स्थापित हुन्छ । राजनीतिमा सुशासन सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन र देशमा समृद्धि कायम हुनसक्छ । ७३ वर्षसम्म भएका राजनीतिक परिवर्तन र संघर्षलाई हेर्ने हो भने देशको विकास दु्रत गतिमा हुनु पथ्र्यो तर आर्थिक विकास र समृद्धि नारामा मात्रै सिमित छ ।

Himal dental
सम्बन्धित
Loading...