सरकारले ग्याल्पो ल्होसार भन्दै २८ गते सार्वजनिक बिदा दिएको छ । तर शेर्पा समुदायले भने सरकारले विदा दिएको दिन नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको बताएका छन् । उनीहरूले यस्तो त्रुटि नगर्न अनुरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पञ्चांग निर्णायक समितिले आगामी दिनमा यस्ता गम्भीर त्रुटि नगरोस् भनेर पनि उनीहरुले सुझाव दिएका छन् । सरकारले २०८० सालमा देशभर बिदा दिइएको सूची सार्वजनिक गरेको थियो । २०८० सालमा देशभर ३५ दिन सार्वजनिक बिदा दिइएको सूची सार्वजनिक गरिएको थियो । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न चाडपर्व, दिवस तथा जन्मजयन्तीमा ३५ दिन बिदा दिएको थियो ।
सरकारले वार्षिक रुपमा सार्वजनिक विदाको सुची सार्वजनिक गरे पनि नेपाल जातीय, भाषिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, पर्यावरणीयलगायत कैयौ विविधता भएको देश भएकाले करिब १०० जाति तथा समुदाय, १२५ भाषा, लगभग दस धर्म तथा धार्मिक सम्प्रदाय, थुप्रै चाडपर्व तथा रीति–रीवाज एवं परम्परा भएकाले प्रदेश सरकार स्थानीय सरकाले र केन्द्र सरकारले वार्षिक विदामा समावेश नभएकोमा पनि विदा दिने गर्दछन् । नेपाल विश्वमै सार्वजनिक बिदा धेरै भएको देशमध्येमा पर्छ । विगतकामा सरकारले केही विदा कटैति गरेको थियो । तर सरकार परिवर्तन संगै विदा पनि थपिदै जाने गरेको पाइन्छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधान मन्त्री भए पछि गत वर्षबाट जनयुद्ध दिवसको अवसरमा पनि विदा दिने चलन चलाएका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले विभिन्न जातजाती, धर्म संस्कृति र परमपराको नाममा वार्षिक रूपमा धेरै दिन सार्वजनिक बिदा दिइन्छ ।
गणतन्त्रको घोषणासँगै सबै जातजातिको धार्मिक आस्थालाई कदर गर्न सार्वजनिक बिदा दिने परम्पराको थालनी भएकोले बिदा बढ्दै गएका छन् । त्यसैमा स्थानीय र प्रदेश सरकारहरुले पनि आ–आप्mनो क्षेत्रमा विदा दिन पाउने व्यवस्था भए पछि विदा नै विदामा महिना र वर्ष वितने गरेको छ । त्यति विदाले नि नपुगरेर अझै विभिन्न जातजातिले आप्mनो चाडपर्वमा सार्वजनिक बिदा माग्ने क्रम जरी छ । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा सबै जातजातिलाई समान व्यवहार गर्दै जाने हो भने बिदाको सूची झनै बढ्ने र ३६५ दिनमा दुई सय भन्दा बढी दिन विदा दिनु पर्ने देखिन्छ ।
सार्वजनिक बिदा बढी हुँदा सरकारी कामकाज प्रभावित हुने गरेकोले विदा कटौति गर्नु पर्ने आवाज एकातिर उठि राखेको छ भने अर्को तिर सबै जातजातिलाई समान व्यवहार गर्न विदा दिनु पर्ने माग उठि राखेको छ । तर सरकार विना सुचबुझ कुनै समुदायको पर्व नै नभएको दिनलाई पनि सार्वजनिक विदा दिएर हास्यास्पद बनिराखेको छ । पञ्चांग निर्णायक समितिले पनि कुन पर्व कुन दिन पर्छ त्यसको विचार नै नगरि आफु खुसी औला गनेर निर्णय नगर्नु पर्ने हो । यसले जुन समुदायलाई विदा दिएर सम्मान गरिएको नभै पञ्चांग निर्णायक समिति र सरकार दुवैको अकर्मण्यता प्रदर्शन गरेको छ । जुन समुदायको पर्वका रुपमा विदा दिइन्छ र त्यो समुदायले आज हाम्रो त्यो पर्व नै होइन भन्नु भनेको लाजमर्दो विषय हो र आगामी दिनहरुमा यस्ता त्रुटिहरु दोहोरिनु हुँदैन ।