ghar sansar

के उथलपुथल हुन्छ ?

Amity

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससमेतसँगको गठबन्धन तोडेपछि एक भेलालाई सम्बोधन गर्दै आफू नमर्दासम्म मुलुकमा उथलपुथल हुने बताएका थिए । उनले अमुक शक्तिलाई लात हान्ने जस्ता अभिव्यक्ति पनि दिएका थिए । नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा दाहालले अप्रत्याशित ढंगबाट २०८० फागुन २१ गते सत्ता समिकरण बदले पछि हौसिएका उनले पदीय मर्यादाको नि ख्यल गरेनन् र असोभनिय अभिव्यक्ति दिए । विगतका दलसँग विश्वास तोड्दै सत्तामा रहन वर्षमा तीनपटक गठबन्धन फेरेर उथलपुथल गर्दै हिडने क्रममा उनले के भने भन्दा पनि यस्तो उथलपुथलबाट मुलुक के हुने भन्ने चिन्ता गर्नु जरुरी छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरे पछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका थिए । उनले ७० वर्षभन्दा बढी समय लगाएर प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौ भनेका थिए । उनले बेला बेलामा त्यस पछि पनि हजारौं सहिदको बलिदानीपछि लेखिएको संविधान नै धरापमा पर्ने हो कि भन्ने खतरा रहेको बताएका छन् । कही कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कही हजारौ सहिदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको भन्ने गरेका छन् ।

lotus institite

उनले मुलुकमा यस्तै उथलपुथल गर्दै जाने हो भने उनले भने जस्तै संघीय गणतान्त्रिक व्यवस्था नै धरापमा पर्न बेर लाग्दैन । लोकतान्त्रिक मुलुकमा जनताको मागलाई सम्बोधन गर्नुपर्छ र सम्बोधन नगरिए लोकतन्त्र धरापमा पर्छ । संविधान लेखे पनि, जतिसुकै राम्रा वाचा गरे पनि, भुइमान्छेहरूको जीवन उकासिएन भने त्यो जनताको शासन हँुँदैन । नागरिकको इच्छा आकांक्षा र मागहरू पनि सम्बोधन हुनुपर्छ । बिचौलिया र राजनीतिक आसेपासे मात्र हालिमोहाली हुने पद्धतिले समग्र राष्ट्र र विकास एजेन्डालाई सही दिशातर्फ निर्देश गर्दैन । नेपालमा ठूलो जनआन्दोलन र कैयौंको बलिदानी पछि २ सय ४० वर्षे राजसंस्था ढल्यो । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६२÷६३ मा भएको जनआन्दोलनबाट पुर्नस्थापित भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि त्यसलाई स्वीकार्दै गद्दीत्याग गरेका थिए ।

गणतन्त्र प्राप्तिका लागि आन्दोलनमा होमिएका दलकै कमजोरीको उपज आज राजा आउ देश बचाउका नारा लाग्न थालेका छन् । जनताको बलिदानीको वेवास्ता गर्दै आफू टिकिरहन, स्थापित हुन, स्वार्थी प्रवृति र मोहमा गणतन्त्र पक्षधर दल र नेता लिप्त हुँदाको संघीय गणतान्त्रिक व्यवस्था धरापमा पर्न थालेको हो । त्यही कारणले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुक नेपालमा फेरि राजसंस्था पुर्नस्थापनाको आन्दोलन सुरु भएको छ । गणतन्त्र स्थापना भएपछि केहि वर्ष मौन बसे गणतन्त्रवादीका क्रियाकलाप नियाल्दै गरेकाहरु पुर्नस्थापनाको कसरतमा बलियो गरि लागेको छन् । अहिले राजसंस्था र हिन्दूराष्ट्र स्थापनाका निम्ति देशका विभिन्न ठाउमा भएका आन्दोलन र गणतन्त्रवादी नेताका क्रियाकलापसंगै प्रचण्डको उथलपुथलले भोली ठूलै उथलपुथल नहोला भन्न सकिने अवस्था छैन ।

Himal dental
सम्बन्धित
Loading...