ghar sansar

आर्थिक अभावसित जुध्दै छोरी बुहारी पढाई रहेको दानेश्वर हरि बहुमुखी क्याम्पस

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित दानेश्वरी हरि बहुमुखी क्याम्पसमा विमला जोशीलाई स्ववियू सभापति भएको एक वर्ष पुग्यो । गत वर्ष स्ववियू निर्वाचनमा उनी सर्वसम्मत सभापति भएकी थिइन् ।

क्याम्पस नजिकको सिद्धनाथ माध्यमिक विद्यालयबाट एसर्ईई र १२ कक्षा उत्र्तीण गरेपछि जोशी क्याम्पस भर्ना भएकी हुन् । उनी अहिले बीएड तेस्रो वर्षमा अध्ययनरत छिन् ।

lotus institite

जिमुवाकी स्थानीय जोशी घर नजिक क्याम्पस भएकाले मात्रै उच्च शिक्षा अध्ययनरलाई निरन्तरता दिन सकिएको बताउँछिन् ।

‘यो क्याम्पसमा पढ्ने हामी सबै लगभग बराबर अवस्थाका छौ, सबैको अवस्था उस्तै हो, घर बाहिर गएर डेरा गरी पढ्ने अवस्था छैन’ उनलृे भनिन्,‘यो क्याम्पस नभएको शायद म पनि क्याम्पस पढ्न सक्ने थिइनन् ।’

१३ वर्ष अघि सिद्धनाथ माविमा एकता बहुमुखी क्याम्पसको नामबाट सञ्चालित क्याम्पस पछिल्लो पटक आफ्नै भवनमा दानेश्वरी हरि बहुमुखी क्याम्पस सञ्चालनमा छ । स्थानीय हरि सिह विष्टले क्याम्पसलाई जग्गा दान दिएपछि उनको नाममा दानेश्वरी हरि नामाकारण गरिएको हो । विष्ट क्याम्पसका संस्थापक अध्यक्ष हुन् ।

क्याम्पस बीएड र बीबीएस अध्यापन हुन्छ । ती दुबै संकायमा एक सय ७५ विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका अनुसार बीबीएसमा १ सय १५ र बीएडमा ६० जना विद्यार्थी छन् । विद्यार्थीमध्ये अधिकाँश महिला भएको क्याम्पस प्रमुख ललित प्रसाद जोशीले बताए ।

‘घर बाहिर डेरा गरी पढ्न नसक्ने अवस्थाका गाउँ घरका छोरी बुहारी सबैभन्दा बढी छन्,’क्याम्पस प्रमुख जोशीले भने ।
महेन्द्रनगर बजारमा डेरा र क्याम्पस आउन साइकल किन्न नसक्ने कमजोर अवस्थाका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि सिद्धनाथ माविको भवनमा क्याम्पस सञ्चालन गरिएको थियो ।

सिद्धनाथ माविका तत्कालिन प्रधानाध्यापक शेर सिह विष्ट संस्थापक क्याम्पस प्रमुख भएर जिम्मेवारी निर्वाह गरेका थिए । क्याम्पसका जग्गादाता विष्ट सञ्चालक समिति अध्यक्ष थिए ।

भीमदत्त नगरपालिका १० का निवर्तमान वडा अध्यक्ष प्रमानन्द जोशी बजारमा डेरा गरी पढन नसक्ने र विहान अँध्यारोमा क्याम्पस जानु नसकिने अवस्था भएपछि क्याम्पस सञ्चालन गरिएको बताउँछन् ।

‘त्यो बेला विहान ५ बजे नै क्याम्पस जानु पथ्र्यो, अँध्यारो हुन्थ्यो, छोरीहरुलाई पठाउन नसकिने भयो, कतिपयसित त बजार जान साइकल पनि भएन’ उनले भने,‘त्यसुपछि गाउँमा क्याम्पस खोल्ने कुरा भएर सञ्चालनमा आएको हो ।’

त्यस बेला विद्यार्थीहरुले महेन्द्रनगर बजारका क्याम्पस आएर पढ्नु पर्ने बाध्यता थियो । घाँडीघाँच क्षेत्रमा क्याम्पस आउन साइकलमा झण्डै एक घण्टासम्म लाग्ने गरेको स्थानीय बताउँछन् ।

सिद्धनाथ मावि जिमुवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश सिह विष्ट छोरी बेटीलाई पढाउने लक्ष्य राखेर क्याम्पस सञ्चालन गरिएको बताउँछन् ।

‘यो क्याम्पस छोरी बेटीका लागि सञ्चालन गरिएको हो, अहिले छाृेरी बेटीले पढ्न पाएका छन्’ उनले भने,‘घरको कामधन्दा गरेर पनि पढ्न पाएका छन्, उच्च शिक्षा अध्ययन गर्ने छोरी बेटी बढेका छन् ।’

स्थानीय बिमल विष्टले क्याम्पस सञ्चालनले गाउँ घरका छोरी बुहरीले सहज रुपमा उच्च शिक्षा अध्ययन गर्न पाएको बताए ।

‘छोरी बुहारीलाई पढ्नलाई बजार जानु पर्ने बाध्यता थियो, त्यस्तो अवस्थामा हरि सिह विष्ट लगायतले सहयोग संकलन गरी क्याम्पस सञ्चालन गरिएको छ’ उनले भने,‘अहिले क्याम्पसमा छोरी बुहारी नै बढी छन् ।’

विष्ट क्याम्पसका संस्थापक प्रमुख स्वर्गिय शेर सिह विष्टका छोरा हुन् । उनले स्वर्गिय बुवाको सम्झनामा अक्षय कोष स्थापना गरेका छन् ।

क्याम्पसका सस्थापक अध्यक्ष विष्टले दुई कट्टा जमिन दिएपछि नयाँ भवन निर्माण भएर क्याम्पस सारिएको हो । क्याम्पससित १९ कोठे नयाँ भवन छ । क्याम्पसमा प्रमुख सहित १९ जना शिक्षक कर्मचारी छन् ।

विश्वविद्यालय अनुदान आयोग, विद्यार्थी शुल्क र सुदूरपश्चिम प्रदेश सरकारको सहयोगबाट क्याम्पस सञ्चालन हुँदै आएको छ ।

क्याम्पस प्रमुख जोशी क्याम्पसको आर्थिक अवस्था कमजोर भएर २०७६ देखि शिक्षक कर्मचारीलाई तलब दिन नसकिएको बताउँछन् ।

‘युसिजीबाट ९÷१० लाख आउँछ, प्रदेश सरकारले ५ लाख जति दिन्छ, त्यस बाहेक अलि शुल्कबाट उठ्छ, शुल्क पनि एकदमै न्यून छ’ उनले भने,‘खर्च धेरै नै छ, अन्य आन्तरिक स्रोत नभएपछि तलब दिन सकेका छैनौ, अन्य तिर्न पनि बाँकी छ ।’

क्याम्पसले केही महिना अघि १३ औं वार्षिकोत्ुसव मनाउने क्रममा हालसम्म शिक्षक कर्मचारीको तलब सहित विभिन्न शीर्षकमा ८० लाख तिर्न बाँकी रहेको सार्वजनिक गरेको थियो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखक र सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री प्रदेश सभा सदस्य प्रकाश रावलको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

खर्चको तुलनामा क्याम्पसको आम्दानी बढ्ने स्रोत नभएपछि बर्सेनी बक्यौता रकम बढ्दै गएको क्याम्पस प्रमुख जोशीले बताए ।

‘केही न केही होला भन्ने आशमा लागि रहेका छौ, संघ संस्था लगायतका संघ, प्रदेश र स्थानीय सरकारलाई बारम्बार आग्रह गरि रहेका छौ’ क्याम्पस प्रमुख जोशीले भने ।

१३ औं वार्षिकोत्सवपछि क्याम्पस सञ्चालनको नेतृत्व कृष्णराज भट्टले लिएका छन् । उनी यस अघि सञ्चालक समितिमा सदस्य थिए ।

क्याम्पस सञ्चालक समितिको सर्वम्मत भट्टलाई अध्यक्ष बनाएको हो । उनी भीनपा १० का स्थानीय हुन् ।सञ्चालक समिति अध्यक्ष भएपछि क्याम्पस प्रशासनसित बसेर सबै हिसाबकिताब हेरेको अध्यक्ष भट्टले बताए ।

‘क्याम्पस प्रशासनसित बसेर सबै हिसाबकिताब हेरे, अस्ति वार्षिक साधारण सभामा पेश गरिएको भन्दा अझै बढी छ’ उनले भने,‘सञ्चालक समिति यसलाई घटाउने गरी काम गर्छ ।’

Himal dental
सम्बन्धित
Loading...