ghar sansar

हराउँदै राना थारु होली, नयाँ पुस्ताले छाडे पूरानो शैली

Amity

डिल्लीराज पन्त
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पर्ने कैलाली र कञ्चनपुरमा मात्रै वसोवास गर्ने आदीवासी राना समुदायमा मनाईने साँस्कृतिक महोत्व वोकेको महान चाड होली पर्व हर्सौल्लासका साथ मनाईरहेका छन । तर पछिल्लो समय उनीहरुको जिवनशैलीमा आएको परिवर्तन संगै परम्परागत होली पर्व भने लोप हुने अवस्थामा पुगेको छ ।

कैलाली र कञ्चनपुरमा मात्रै वसोवास गर्ने राना जातका आदिवासी समुदायमा मानिने महान पर्व होली अहिले गाँउ गाँउमा मनाईएको छ । तर राना समुदायको परम्परागत लगाउने पहिरन र भेष भुषा तथा जिवन शैलीमा आएको परिवर्तन का कारण पछिल्लो समय लोप हुने अवस्थामा पुगेको हो ।

lotus institite

परम्परागत रुपमा खेल्ने होली सम्वन्धि गित गाउन, मादल वजाउन समेत र आफुहरुले लगाउदै आएका पहिरन सिउन समेत युवा पिढिलाई नआउने भएका कारण राना समुदायमा खेलिने परम्परागत होली पर्व लोप हुने अवस्थामा पुगेको महिला अगुवा बसन्ती राना राना बताउँछन् ।

राना समुदायको होली एक विषेश प्रकारको पहिरन लगाएर खेल्ने गरन्छि । जसमा महिला तथा युवतीहरुले एक प्रकारको लहंगा चोली, घागरा र विभिन्न प्रकारका चाँदीका गर गहनालगाउछन भने पुरुषले धोती र कुर्ता लगाएर देवि देवता को गाथा गाउदै होली खेल्ने गर्दछन ।

यो समुदायमा महिला र पुरुष मिलि संयुक्त रुपमा फागुन महिनाको पुर्णिमा देखी औसी सम्म १५ दिन रातीको समयमा खेलीने होल लाई जिउदो होली भनेर खेलिन्छ भने औसिको दिन होलीका देवीको पुत्ला दहन गरे पश्चात ५ दिन सम्म दिउसो खेलिने होली लाई मरेको होलि भनेर खेल्ने चलन रहेको छ ।

यो समुदायमा सवै भन्दा ठुलो पर्वका रुपमा मनाईने होली पर्वमा नव विवाहित छोरीहरु माईतमा आएर करीव ३ साता सम्म होली खेल्ने र छोरी बेटिहरु संगै रमाईलो गर्ने स्थानीय भिम बहादुर राना बताउछन् ।

राना समुदायमा होली खेल्दा लगाईने पहिरन वनाउन समय वढि लाग्ने , वजारमा पहिरन वनाउन सामान नपाईने र पाईए पनी अत्यन्त महंगो हुने र पछिल्लो पुस्तालाई पहिरन वनाउन समेत नआउने भएकाले यो समुदायको होली पर्व लोप हुने अवस्थामा आएको भन्दै यसलाई जगेर्ना गर्न समुदाय स्तरमा परम्परागत पहिचान जोगाउने खालका कार्यक्रम र तालिम संचालनका आर्थिक रुपमा सहयोग गरिने भीमदत्त नगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष केशव सिंह विष्ट बताउँछन् ।

घर समाजमा खुसियालीको रुपमा मनाउने राना समुदायको होली जिउदो र मरेको गरी २ किसमले मनाउने परम्परा रहँदै आएको छ ।

थारु समुदायको सवैभन्दा ठुलो र महोत्वपुर्ण तिहारका रुपमा मनाईने होली पर्व लाई परम्परागत शैलीमै मनाउन यो पर्वमा लगाईने पहिरन, भेष भुषलाई जगेर्ना गर्न भीमदत्त नगरले हरेक वर्ष संस्कृति जगेर्ना शिर्षकमा वजेट नै छुट्याउने गरेको र आगामी दिनमा थप आर्थिक सहयोग गरिने भिमदत्त नगरपालिका नगर प्रवक्ता पदम राज अवस्थीले बताए ।

पश्चिम तराईको कैलाली र कञ्चनपुरमा मात्रै वसोवास रहेको राना समुदायको आफ्नै मौलीक संस्कृति परम्परा र भेष भुषा छ , यिनिहरुको अस्तित्व को जगेर्ना गर्नु सरकारको समेत दायित्व हो त्यसैले पनी आफ्नो लोक कला संस्कृति र परम्पराको संरक्षण गर्न भावी पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।

 

Himal dental
सम्बन्धित
Loading...