ghar sansar

एमाले जिल्ला अधिवेशनका लागि निर्वाचन अधिकृत खटाइयो

रसुवा । नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले २७ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ ।

वैशाख २२ गते धुन्चेमा उद्घाटन हुने ९ औं जिल्ला अधिबेशनका लागि वडा कमिटीबाट प्रतिनिधि छनोट गर्नका लागि निर्वाचन अधिकृत तोकेर प्रतिनिधी छनोट बारे छलफल समेत गरेको पार्टी जिल्ला कमिटी उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक डिल्ली सुवेदीले पत्रकारहरूसँग बताए ।

शनिबार कालिकास्थानमा भएको निर्वाचन अधिकृतहरूको भेलामा वैशाख १५ गते एकैदिन प्रतिनिधी छनोटका लागि निर्वाचन अधिकृत तोकेर खटाइएको छ उनले भने जिल्लाका पाँचवटै पालिकामा रहेका ३ हजार १ सय ९ जना सदस्यहरुले वडा तह तथा जनवर्गिय संगठनहरूबाट गरी कुल ४ सय ५० जना प्रतिनिधी छानिने छन् ।

भेलामा पार्टी उपसचिव कैसाङनुर्पु तामाङ, जिल्ला नेताहरू उद्दव रिजाल, निर्वाचन कमिटी संयोजक नारायण देवकोटालागायत नेताहरूले प्रतिनिधी छनोटको बिधि तथा निर्वाचन प्रक्रिया बारे सहजिकरण गरेका थिए ।

अधिबेशन उद्घाटनका लागि २२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली आउने बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...