ghar sansar

शुक्लाफाँटामा थोरै खर्चमा यसरी रोक्न खोजिँदैछ सुनवरा कटान

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका वासिन्दाले नदी कटानबाट वस्ती जोगाउन जैविक तटबन्ध बनाउन थालेका छन् ।

सानो बजेटमा पनि निर्माण गर्न सकिने नदी कटान,नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस,प्लाष्टिक, बोरा,स्याउला, वालुवा र मानविय श्रोत) को उच्चतम प्रयोग गरेर निर्माण गरिएको तटबन्धनलाई समुदायले समूह एवं उपभोक्ता समूह नै निर्माण गरेर लाग्ने गरेका छन् ।

lotus institite

आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले वाढी प्रभावित समुदायहरुमा जैविक तटबन्धनलाइ महङ्गो तटबन्धन वा ग्यालभेनाइज्ड जालीमा ढुङ्गा भरेर बनाइएको तटबन्धनको उत्तम विकल्पको रुपमा मानिन्छ । स्थानीय स्रोत र साधनको उपयोग हुने तथा विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकोले पनि जैविक तटबन्धनको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको छ ।

शुक्लाफाँटा नगरपालिकाको कार्यालय झलारीले सुनवरा नदीको तीव्र कटानीलाई रोकथाम गर्नको लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको जैविक तटबन्धन निर्माण कार्य सुरु गरिएको छ ।

daimond public

शुक्लाफाँटा नगरपालिका २ रानिपुर समुदाय र वडा नं. ३ को पिपलाडी समुदायमा २०० मिटर जैविक तटबन्ध निर्माणको कार्य सुरु भएको छ । शुक्लाफाँटा नगरपालिका ३ पिपलाडी समुदायमां सुनवरा नदी कटान रोकथाम तथा न्यूनिकरण का लागि १०० मिटर जैविक तटवन्धन निर्माण कार्यको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तले गरेकी छन् ।

एक सय मिटर लामो जैविक तटवन्धन निर्माण कार्यको उदघाटन संयुक्त रुपमा नगर उपप्रमुख पन्त र वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरी वाट ४ मिटर वाँसलाई जमिनमा पाइलिङ्ग गर्दै निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

उपप्रमुख पन्तले विपद् क्षेत्रमा काम गर्ने एनएनएसडब्लए एमरेड परियोजना लगायत सवै संघ संस्थाहरुलाई समन्वय र सहकार्य सहित कार्य गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

गत बर्ष पनि वडा नम्बर १ र ३ मा निर्माण गरिएको थियो त्यसको प्रतिफल राम्रै देखिएको छ। जैविक तटवन्धन निर्माण गरिएको स्थानमा नदीले कटान गरेको छैन,साथै यहाका स्थानीयहरुले समेत जैविक तटवन्धन निर्माण भएपछि समय समयमा हेरचाह गर्ने,संरक्षण गर्ने, यस क्षेत्रमा छाडा पशु चौपायाहरू नछोड्ने भएका छन् ।

पिपलाडी समुदायमा सुनवरा नदीले तिव्र रुपमा कटानी भइरहेको अवस्थालाई अध्ययन गर्दा भविष्यमा थप हुनसक्ने कटानिलाई रोकथाम गर्नका लागि चालु आ.व. ०८०।८१ मा छनोट भएको योजना वमोजिम यस पिपलाडी र सुनबरा समुदायमा २०० मिटर जैविक तटवन्धन निर्माण कार्यका लागि नगरपालिकाको तर्फ बाट १ लाख ८० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५४ हजार ९ सय ८९ ( ८२ दिन रोजगारी), जनताको तटबन्ध वाट ४ हजार २ सय पलाष्टिकका वोरा सहयोग (८२ हजार बराबर),समुदाय को तर्फ बाट जनश्रमदान र ल्ल्क्ध्ब् एमरेड परियोजनाको तर्फ बाट रु ९२ हजार २ सय ४१ रुपैया को सहकार्य मार्फत निर्माण कार्य भईरहेको जानकारी एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताए ।

एमरेड परियोजना निर्माण कार्यलाई निरन्तरता दिन हल्दुघाट सामुदायिक विपद व्यवस्थापन समितिका सचिव आशिष डंगौरालाई जिम्मा समेत दिईएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...