ghar sansar

कस्तो विडम्बना

Amity

प्रत्येक वर्ष मे ३ तारिखका दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले १९९३ मा मे विश्वभरका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले मे ३ का दिन विश्व प्रेस स्वतन्बता दिवस मनाउने घोषणागरेपछि १९९४ बाट यो दिवस मनाउन थालिएको हो र नेपालमा पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । यस अवसरका राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरुबाट शुभकामना सन्देश दिने पनि गरिन्छ । विश्वका लोकतान्त्रिक मुलुकहरूमा प्रेस स्वतन्त्रतालाई विशेष महत्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरूले प्रेस स्वतन्त्रतालाई विशेष महत्व दिएका हुन्छन् ।

नेपालमा भने लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि प्रेस जगतमाथि निरन्तर हमला भइरहेको नेपाल पत्रकार महासंघले बताएको छ । महासंघमा अभिलेख भएअनुसार २०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार प्रकाशन प्रसारण भएकै कारण धम्की तथा दुर्व्यवहार गर्ने, आक्रमण गर्ने, गिरप्mतारी गर्ने, सूचना सङ्कलनमा अवरोध गर्ने जस्ता घटना महासंघमा अभिलेख भएका छन् । २०७९ सालमा प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना भएका थिए भने २०७८ मा प्रेस स्वतन्त्रता हननका ७४ घटना भएका थिए । प्रेस स्वतन्त्रता हननका घटनाहरु हुनुमा राज्य पक्ष वा अन्य कुनै निकाय मात्र जिम्मेवार हुदैन । पत्रकार स्वयमले पनि जिम्मेवारीको वोध गरेर समाचार संकलन, सम्प्रसण तथा प्रकाशन गर्नु पर्ने हुन्छ ।

lotus institite

प्रेस स्वतन्त्रता को नाममा छाडा प्रवृति पनि विस्तारै हावी हुदै गएको पाइन्छ । पत्रकारको खोल ओडेर दलाली, चाकडी, चम्चागिरी ब्लेकमेलिंग लगायतका कामहरु हुने गरेको पाइन्छ । स्वच्छ पत्रकारीताको धर्मलाई पालना गर्ने हो भने यस्ता प्रेस स्वतन्त्रता हननका घटनाहरुमा निकै कमी आउन सक्छ । नेपालको संविधान २०७२ को धारा १९ को उपधारा १ मा, विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायत जुनसुकै माध्यमबाट कुनै समाचार सम्पादकीय, लेख रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नुपूर्व प्रतिबन्ध लगाइनेछैन भनिएको छ । यस्ता सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नुपूर्व त्यको प्रभावको बारेमा सोच्नु जरुरी हुन्छ ।

कसैसंग प्रतिसोध साध्नकै लागि वा माग गरेको कुरा नदिएकै भरमा सूचना सम्प्रसण गर्ने परिपाटीको विकस बढदो छ । यस्तो परिपाटीले सिंगो पत्रकारीता क्षेत्रकै मानमर्दन गर्न सक्छ । यस विषयमा सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ । प्रेस काउन्सिल नेपालले बनाएको आचारसंहिताको पूर्ण पालना गरेर पत्रकारीताको धर्म र मर्म अनुकुल पत्रकारीता गर्ने हो भने यस्ता प्रेस स्वतन्त्रता हननका घटनाहरु हुन सक्दैन । पत्रकार भएपछि आफुलाई कानुन भन्दा माथि ठान्ने तर पत्रकारीताको धर्म नमान्नेहरुकै कारणले यस्ता घटनाहरु हुने गरेका छन् । सञ्चार क्षेत्र आफैमा आर्थिक संकट भोगि राखेको छ । तर आर्थिक संकट हुदैमा नैतिकता, इमानदारिता र प्रसको धर्मलाई तिलान्जिली दिनु हुदैन । सरकारले पनि राज्यले पनि प्रेस स्वतन्त्रताको नाममा छाडा छोडनु हुदैन । सञ्चार क्षेत्रको समग्र विकास र नियमन गर्न सरकारले २०७३ साउन ७ गते राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी गरेको छ । कस्तो विडम्बना, राष्ट्रिय आमसञ्चार नीति, २०७३ को कार्यान्वयन प्रक्रिया अहिले सम्म अगाडी बढन सकि राखेको छैन ।

Himal dental
सम्बन्धित
Loading...