प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर गठबन्धन गरेरै गएको निर्वाचनमा गएका थिए । चुनावी परिणाम आएपछि आफूलाई कांग्रेसले प्रधानमन्त्रीमा स्वीकार नगरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीसँग सहकार्य गर्न पुगेका थिए । तर ओलीले समर्थन गरेर प्रधानमन्त्रीमा निर्वाचित भएको केही महिनापछि नै उनले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गरे पछि एमाले र माओवादी केन्द्रको गठबन्धन भत्केर कांग्रेससंग नयाँ गठबन्धन बन्यो । अलि लोमो समयसम्म टिकेको यो गठबन्धन पनि फागुन महिनामा फेरी भत्कियो र अर्को नयाँ सत्ता समीकरण बन्यो । नयाँ सत्ता समीकरण बनाएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच आठबुंदे सहमति गरेर सरकार बनाएको केही महिना पछि जसपा फुटे दुई भए ।
सरकारको पहलमा जसपा फुटेकोले जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो । नेकपा समाजवादी सरकारमा भए पनि सुरुवात देखिनै सरकारप्रति सन्तुष्ट देखिएन । सरकारमा रहेको ठूलो दल नेकपा एमालेका कारण नेकपा समाजवादी सुरुवातबाटै असन्तुष्ट देखिएको थियो र अहिले नेकपा समाजवादी सत्तामा रहेर पनि सन्तुष्ट देखिदैन । करिव ४० वर्ष सहकार्यपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डेढ महिनादेखि एउटै सत्ताका साझेदार छन् । तर सत्ता समीकरणको एउटै डुंगामा यात्रा गरेपनि ओली–नेपालबीचको तिक्तता भने कायम छ ।
जसका कारण सत्ता गठबन्धनमा खटपट भइहेको हुन्छ । ओलीले नेपालसंगको तुषका कारण सुदूर पश्चिम प्रदेशको नेतृत्व दिन आनाकानी गरेका थिए । दाहाल, ओली र नेपालबीच पूर्व सहमति भए पनि ओलीका अडानका कारण अन्तिम समयमा मात्र नेकपा समाजवादीका दीर्घ सोडारीे मुख्यमन्त्री भएका थिए । नेकपा समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री भएको धेरै समयसम्म पनि एमाले सरकारमा सहभागि नएपछि समाजवादी र एमाले भित्रको तिक्तता छताछुल्ल भएको थियो र अहिले पनि यो तित्तता कायम नै रहेको छ । सरकारको लगाम समेतेको नेकपा एमालेले हिडाउन खोजेको बाटो प्रधानमन्त्रीले विराउन खोजे पछि अहिले एमाले पनि सरकारको काम प्रति असन्तुष्टि पोखि राखेको छ ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथि सत्ता घटकको मुख्य दल नेकपा एमालेले नै असन्तुष्टि जनाएको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा आफूले दिएको सुझाव प्रधानमन्त्री प्रचण्डले नमानेको भन्दै ओली प्रधानमन्त्री प्रचण्डप्रति प्रहार गर्न थालेका छन् । बजेटमाथि सरकारका मुख्य घटक एमालेले नै असन्तुष्टि जनाएपछि कतिपयले एमाले र माओवादीबिच सम्बन्ध चिसिन खोजेको हो कि भन्ने आशंका गरेका छन् । ओलीको असन्तुष्टि बजेटमा मात्रै सीमित हो वा त्यसले गठबन्धनमा समेत प्रभाव पार्ने भन्नेमा अझै स्पष्ट संकेत देखिएको छैन् । नयां समीकरण बनाएका सत्ता साझेदारी दल मध्येको मुख्य दल एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालमाथि विस्तारै दवाव बढाउन थालेका छन् । आफूले चाहेको व्यक्ति धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बनाउन ओलीको दबाब इि रखेका छन् । त्यस्तै ओलीकै निर्देशनमा ११ देशबाट राजदूत फिर्ता बोलाएको छ । बढदो तिक्तताले कुनै पनि बेला गठबन्धनमा फेरि भत्किन सक्ने अड्कल गरिन थालेको छ ।