Sarsoti

आधुनिक पितृसत्तामा महिला

lotus institute

–कविता नेपाली

बेलुकाको समय थियो । करिब ७ः३० बजे म कार्यालय समय सकिए पश्चात् बानेश्वरमा साथीहरुसँग भेटघाट गर्ने योजना अनुसार सहपाठी साथीको निमन्त्रणामा बानेश्वरको चिया स्टेशनमा चिया पिउँदै गफगाफ गरी साथीहरुबाट छुट्टिएर आफ्नो गन्तव्य स्थलतर्फ लागे । घरायसी कामले मलाई हतार भइरहेको थियो । जाँदै गर्दा साँझको समय भएको कारणले गर्दा पनि होला, सधैं जसो माईति घरमा जाम थियो । त्यसै समयमा मैले अगाडि एक जना सरकारी पहिरनमा उभिएकी एक महिला हातभरी तरकारीको झोला बोकेर हतारिए जस्तो गरेको देखेँ । सायद उहाँ कतिखेर बस आउला र गन्तव्यमा पुग्ने भनेर निक्कै हतारमै हुनु हुन्थ्यो । उहाँको त्यो बाध्यतालाई देखेर मैले मेरो गन्तव्यतिर उहाँको बाटो पर्ने रहेछ भने लगि दिनु पर्ला भने मैले स्कुटी रोके । शुरुमा मैले म्याडम, हजुर कता जाँदै हुनु हुन्छ ? भनेर सोधेँ । उहाँले निक्कै अपठेरो मान्नु भयो । उहाँले केही भन्न नचाहेको हाउभाउ देखाएर एतै हो भन्नुभयो । ‘म कलंकीसम्म जाँदैछु, यदि हजुरको बाटो पर्छ भने लगि दिन्छु । अप्ठ्यारो मान्नु पर्दैन’ मैले भनेँ । बल्ल बल्ल उहाँले ‘बैनी कति टाईम भयो बस कुरेको, बस नै आएन । आज पनि ढिलो भयो । बुढाले मार्छन् अब । बच्चाको पनि विजोग भयो होला हुन्छ । बैनिलाई धन्यवाद । तपाईले सोध्नु भयो मलाई ढुङगा खोज्दा देउता मिलेको जस्तो भयो’ भन्नु भयो र हामी गन्तव्यतर्फ लाग्यौं ।
काठमाडौँको जाम, भनेको समयमा कहाँ पुग्न सकिन्छ र ? हामी घरीघरी कुराकानी गथ्र्याैं । उहाँ सरकारी कर्मचारी । सिंहदरबारमा उहाँको दरबन्दी । उहाँले जागिर खाएको पनि सात वर्ष वितिसकेछ । छोटो यात्रामा पनि केही अन्तरंग कुराकानी भए । उहाँसँग कुरा भइरहँदा मलाई उहाँले ‘मलाई बुढाले मार्छन्’ भनेको शब्दले मनमा कताकता दुखाएको थियो । निजी कुरा सोध्न नमिल्ने हो, तर सोधे । ‘यो जागिर मैले खाएको भन्दानि जागिरले मलाई खान लागिसक्यो । हामी महिलालाई अलि पढे लेखेको भए पढि मात्र रहन्छे, जागिर कहिले खादिनँ भन्छन् । पढेर जागिर खाँदा घरको काम, बाल बच्चाको हेरचाह, अझ श्रीमानको कच्कच । कहिलेकाही त नपढिकन बसेको भए घर परिवारको स्याहार सुसार गरेर मात्र बसिन्थ्यो होला शरिरलाई आराम त हुन्थ्यो हो ला जस्तो लाग्छ ।’

morning glory

उहाँको कुराले मलाई झन भावुक बनायो । पढेका र जागिरे महिलाले त यस्तो भोगेका छन् भने नपढेका, बेरोजगार महिलाले कस्तो भोगेका होलान् ? श्रीमान र घर परिवारबाट कति हिंसा सहनु पर्ला ? मनमा अनेक प्रश्नहरु जन्मिए । हुन त हो महिलाहरु आफ्नै खुट्टामा जति उभिए पनि पुरुष (श्रीमान) को इसारामा चल्नु पर्ने, उनीहरुको आदेश अनुसार जे पनि गर्नुपर्ने बाध्यता छ । अहिले जति सुकै अधिकारको कुरा गरे पनि जति सक्षम भए पनि महिलाले त्यसको प्रतिकार गरेर श्रीमानको विषयमा बोल्नै सक्दैनन् । आखिरमा जति बोले पनि श्रीमान चाहिन्छ भन्ने छ । सँगै छोराछोरी छन् भन्ने पनि लाग्छ । कतिपय महिलाका आफ्नो इच्छाचन्दा पनि छोराछोरीको भविष्यको ख्याल गर्नु पर्ने रहेछ ।

के हामी महिलाहरु आफ्नो इच्छा र चाहना अनुसार केही गर्न सक्दैनौ ? प्रश्नहरु अनेक छन् र उत्तर पनि अनेक छन् । धेरैका श्रीमानले श्रीमतीलाई किचकिच गर्छन् । अनेकौं शंकाहरु गर्छन् । श्रीमानले गरेका व्यवहारको हिसाब राख्ने हो भने झन महिलाले के गर्थे होला ? अरुले बाहिरी रुपमा देख्दा यतिको पढेको सरकारी जागिर खाएको महिला भन्ने देख्छन् । आफ्नो पीडा भने उहि नै छ । जति समाजमा शिक्षित वर्गको उदय भयो, उति नै हिंसाहरुको स्वरुप फरक फरक देखिँदै गएको छ । पढे लेखेकाहरु जो पनि आफुलाई ठूलो नै हो भन्न रुचाउँछन् । पढाईले ज्ञान बढाउँछ । चेतनाले व्यवहार परिर्वतन गर्छ । तर अहिले त्यो हराउँदै गएको छ । पहिले पहिले श्रीमानहरुले श्रीमतिलाई बेस्सरी कुटपिट गर्थे । तर, आजभोलिका श्रीमानहरुले हम्मेसी हातपात गर्दैनन् । बरु उनीहरुले त्यसको साटो शब्दले कुुटपिट गर्छन् । कुटाई खाँदाको शारीरिक पीडाभन्दा शब्दको प्रहार हुन्छ जुन मरेपछि मात्र बिर्सिएला जस्तो हुन्छ । यसले महिलाहरुको मानसिक स्वास्थ्यमा असर पारिरहेको हुन्छ । यो पुरानो पितृसत्तात्मक सोचले गर्दा पहिला आमाहरुलाई देखिने शारीरिक चोट हुन्थ्यो, जुन औषधि र मलमको सहाराले निको हुन्थ्यो । तर अहिलेको आधुनिक पितृसत्ताको जगमा पुरुषद्वारा गरिने आधुनिक चोट जुन हजारौँ प्रविधियुक्त उपचारको सहाराले पनि कहिकतै छुट्टिदैन । एकैचोटि घाटमा धुवासँगै उढेर जानेछ र निको हुनेछ ।

Mahendranagar

महिलाको अवस्था कागजी रुपमा जे जस्तो कानुन, नीति नियम बने पनि भोगाई र व्यथाको इतिहास र वर्तमान तुलना गर्दा उस्तैउस्तै रहेको छ । वास्तवमा महिलामाथि हुने गरेको हिंसा समाजको त्यस्तो कुरुप तस्विर हो जसले महिलालाई मानवको रुपमा सामान्य अधिकारहरुको उपभोगबाट बञ्चित गराइरहेको हुन्छ । हाम्रो समाजमा अहिले पनि महिलामाथि निकृष्ट खालका हिंसा भइरहेको छन् । महिला माथिको हिंसाको प्रकृति झन नौलो र जटिल हुँदै गइरहेको छ । महिला विरुद्ध हुने गरेको हिंसा विश्वभर व्याप्त समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीनमध्ये एक जना महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोग्ने गरेका छन् । महिला माथिको हिंसा उक्त देशको सामाजिक, आर्थिक अवस्था र सांस्कृतिक प्रचलन अनुसार फरक छ । यसको कारण सदियौंदेखि चलन चल्तिमा रहेको पितृसत्तात्मक सामाजिक संरचना सोही अनुसारको सामाजिक व्यवस्था, विभेदपुर्ण मूल्य मान्यता तथा परम्परा नै हो । जसको आधारमा घर परिवार समुदाय समाज र राज्य सबै तहमा महिला माथिको हिंसा संस्थागत भएको छ । यस्ता सामाजिक संरचनामा जहाँ पुरुषले जन्मजात विशेषाधिकार पाइरहेको समाजमा महिलाहरुले आफूमाथि भएको हिंसा विरुद्ध बोल्न ठूलै जोखिम उठाउनु पर्दछ । समाजका हरेक संरचनामा गहिरो गरि जरा गाडेर बसेको पितृसत्तात्मक मुूल्य मान्यता र सोचले महिलालाई एक कमजोर र सहायकको हैसियत प्रदान गरेको छ ।

के हो पितृसत्ता ?

पितृसत्ता एक सामाजिक व्यवस्था हो । जसलाई पुरुषको सत्ता पनि भनिन्छ । अर्थात् पुरुषलाई समाजको उच्च स्तरको नागरिक जसमा राजनैतिक नेतृत्व, नैतिक अधिकार, सामाजिक सम्मान सम्पति माथिको नियन्त्रणकारी भुमिमा अब्वल मानिन्छ । पारिवारिक रुपमा महिला (श्रीमती) र बाल बच्चाहरु माथिको अधिकार जमाउने । यो व्यवस्थामा महिलार पुरुषलाई समाजद्धारा दिइएको भुमिका अनुसार आफुलाई आफ्नो व्यवहारलाई चलाउँछन् । पितृसत्तालाई नेपाली समाजमा धर्म, सामाजिक संस्कारको आडमा झन शक्तिशाली बनाइदै गएको पाइन्छ । यो व्यवस्था लोकतान्त्रिक मूल्य मान्यताको विपरित रहेको छ । यसले जात, लिंग, धर्म, वर्ण जस्ता विभेदलाई भन्दा एउटै लिंङ्ग व्यक्तिलाई उच्च दर्जामा राखेर परिभाषित गर्दछ ।

महिला माथि हुने गरेको हिंसा र विभेदको अन्त्य विना महिलाको मानव अधिकारको सुनिश्चित हुन सक्दैन । महिलाका लागि आफ्नो घर र आफु बसेको समाजमा एक जिम्मेवार नागरिकका हैसियतले समानुभूति महसुस गरी आत्मा सम्मान पुर्वक बाँच्ने वातावरण नभएससम्म महिलामाथि भइरहेका हिंसा र विभेदको अन्त्य पनि असम्भव छ । महिलामाथि हुने हिंसा र तिनको स्वरुप तथा परिमाण फरक भए पनि नेपालमा यो समस्या समुदाय तहदेखि नै अत्यन्त भयानक छ । महिलामाथि घरभित्र, सार्वजनिक स्थान र राज्य संरचनासम्म विभिन्न प्रकारले हिंसा हुँदै आएको छ । यसको स्वरुप समाजमा जसरी व्यक्त भए पनि वा सार्वजनिक भए पनि मूल कारण भने महिलालाई हेर्ने दृष्टिकोण र यहि दृष्टिकोणद्वारा निर्मित र संरक्षित सामाजिक नियम र मूल्य मान्यता नै देखिन्छ ।

यसको नियन्त्रण र अन्त्य गर्न राज्यका माथिदेखि तलसम्मका निकायहरु बोलीमा गम्भीर देखिए जस्तै कार्यान्वयनमा कति गम्भिर छन् ? के कागजी वा बोलीले मात्र यो शताब्दियौंदेखिको पित्तृसतात्मक व्यवस्था हटेर जान सक्छ ? राज्य र समाजका अगुवा भनौदा पुरुषहरुको मानसिकतामा परिवर्तन नभएसम्म शदियौंदेखि पिल्सिएका महिलाहरुको मुक्ति सम्भव छ ? अवश्य छैन । त्यसका लागि राज्यले सही नीति बनाउनु पर्छ र कार्यान्वयनमा प्राथमिकता दिनु पर्छ । साथै पुरातनवादी सोच परिवर्तन गरी महिला हिंसाको अन्त्य र समानताको भावनाको विकास गराउन सक्नु पर्छ । अनि मात्र सभ्य समाजको निर्माण सम्भव हुन सक्छ ।

(लेखिका अभियानकर्मी हुन्)

saark school
सम्बन्धित
Loading...