Sarsoti

एमालेमा ओली बाहेकका नेतालाई दोहोरो जिम्मेवारी नदिइने

lotus institute

महेन्द्रनगर । मिसन–०८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको नेकपा एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ ।

गत वर्ष असारदेखि व्यापक जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिइएको थियो । उक्त जिम्मेवारीमा रहेर एक वर्षसम्म काम गरेका नेताहरूलाई अब नयाँ जिम्मेवारी दिइनेछ ।

morning glory
Mahendranagar

बुधबार बसेको सचिवालय बैठकले नयाँ जिम्मेवारीको आधार निर्माण गर्ने काम गरेको छ । ‘नेताहरूको नयाँ कार्य विभाजनको आधार आजको बैठकले तयार पारेको छ । त्यसैअनुसार गृहकार्य गरेर अर्को बैठकले कार्यविभाजन गर्नेछ’, एक पदाधिकारीले भने ।

उनका अनुसार, कार्य विभाजन गर्दा अब नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइने समेत निर्णय भएको छ । ‘एक व्यक्ति, एक जिम्मेवारी नीतिका रूपमा निर्णय भएको छ । अब सरकारमा जानेहरूले पार्टी कामको जिम्मेवारी छोड्नुपर्ने हुन्छ’, उनले भने ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने मापदण्ड लागू हुनेछैन । अहिले ओलीले पार्टी अध्यक्ष र संसदीय दलको नेता छन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुने सहमति पनि जुटिसकेको छ । तसर्थ मुलुक, पार्टी र संसदीय मोर्चाको नेतृत्व ओलीले एकसाथ गर्नेछन् ।

‘एक व्यक्ति, एक जिम्मेवारी नीति पार्टी अध्यक्षलाई लागू हुँदैन’, ती पदाधिकारीले भने, ‘अध्यक्ष बाहेक कसैले पनि दोहोरो जिम्मेवारी पाउने छैनन् ।’

saark school
सम्बन्धित
Loading...