प्रतिनिधिसभाका पहिलो र दोस्रो ठूलो दलसँग आलोपालो गठबन्धन गर्दै सरकारको नेतृत्वमा रहन सफल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदबाट हटेका छन् । कांग्रेस र एमालेलाई आलोपालो गर्दै चार पटकसम्म संसद्को विश्वासको मत पाएका दाहालले पा“चौं पटकमा दुवै दलको साथ नपाएपछि प्रधानमन्त्री पद गुमाउनु परेको छ । प्रधानमन्त्री पद गुमाउनु परे पछि प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति निकै आक्रोषित बनेको देखिन्थायो । कांग्रेस र एमालेले असार १७ मा केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति गरेस“गै एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका दाहालले शुक्रबारको संसद् बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । दाहालले राखेको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेको छ ।
संविधानको धारा १०० (२) बमोजिम संसद्को विश्वास मागेका दाहालको प्रस्तावको पक्षमा ६३ सांसदले मात्रै मत दिएका छन् भने विपक्षमा १९४ मत परेको थियो । प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हालेपछि प्रचण्डले पहिलोपटक २०७९ पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए । त्यो बेला संसदको बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदकोे विश्वासको मत पाएका थिए । त्यसपछि उनले पालैपालो सत्तामा दुई ठूला दललाई आलोपालो खेलाउने र प्रधानमन्त्रीको कुर्सीमा आसिन भैरहने रणनीति अबलम्बन गरेपछि उनीप्रतिको विश्वसनीयता घटनुको साथै उनले संसदमा पाउने विश्वासको मत पनि निरन्तर घट्न थाल्यो । यसपालि संसदमा पा“चौंपटक विश्वासको मत लिदा उनले जम्मा ६३ मत मात्र पाए । संसदमा माओवादी केन्द्रको ३२ सिट मात्र भए पनि प्रचण्डले दुई ठूला दललाई खेलाएर १८ महिनासम्म प्रधानमन्त्री बन्न अवसर पाए । यही ३२ सिटलाई नै सधैंका लागि उने जादुयी नम्बर बनाएर दुई ठूला दलमाथि पालैपालो जादु चलाए ।
एमाले कांग्रेसले आफुहरुलाई खेलाउदै धोकादिदै गरेको ढीलो गरी थाहा पाएपछि पासा पल्टियो र दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउन तयार भए पछि प्रधानमन्त्री प्रचण्डले बाहिरिनु परेको छ । पार्टीमा एकछत्र चलाइरहेका प्रचण्डले परिवार, पैसा र पावर मात्र हेरेको, पार्टी र कार्यकर्ता नहेरेको आरोप उनीमाथि छ । शान्ति प्रक्रियापछिका १७ वर्षसम्म पार्टी लगभग सधैं सत्तामा रहदा प्रचण्डले अप्ठ्यारो परेका बेला आफूलाई साथ दिने कार्यकर्ता नहेरेको र कतिपयसँग सम्बन्ध विच्छेद नै गरेको आरोप माओवादी नेताहरूले लगाउने गरेका छन् । प्रधानमन्त्री पदबाट बाहिरिएसंगै माओवादी केन्द्रका दिन ओरालो लागेको अनुमान एक थरिले गरि राखेका छन् ।
सत्ता लिप्साले गर्दा कार्यकर्ता जोगाउन नसकेकै कारण सुरुको माओवादी अहिले छिन्न भिन्न भएर टुक्रा टुक्रा बनेका छन् । संगठन बलियो नहुदा अन्य दलको आसा गरेर निर्वाचनमा जानु पर्ने बाध्यताबाट गुज्रीरहेको माओवादी केन्द्रको आगामी यात्रा कस्तो हुन्छ भन्न सकिदैन । तर प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज बुलन्द गर्न सकेमा आगामी दिन माओवादी केन्द्रका लागि सुखद नै हुने छन् । प्रचण्डको सरकार ढलेसंगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न ७२ घन्टा समय दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश पनि गरेका छन् । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।