ghar sansar

भानु जयन्तीको अवसर पारी इन्टरनेशल पब्लिक स्कुलमा कविता प्रतियोगिता, कक्षा ८ की अंशु कुँबर प्रथम

dirghayu ad

महेन्द्रनगर । २११ औं भानु जयन्ती २०८१ को अवसरमा ईन्टरनेशनल पब्लिक स्कुलले कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा कक्षा ८ की छात्रा अंशु कुवर प्रथम, सृष्टि चन्द द्वितीय, नितेश कुमार जोशी र रोशन भट्ट तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगिताका विजेतालाई स्कुल सञ्चालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बू र प्रिन्सिपल राजेन्द्र भट्टले पुरस्कार प्रदान गरे ।

western public academy

प्रतियोगितामा प्रथम अंशु अंशु कुवरको कविता

“भानु र म बाँचेको कान्तिपुर “
भानु तिम्रो कान्तिपुर त अमरावती थियो रे !
सत्तल थिए,देवस्थल थिए अनि थिए झरना जस्ता ढुङ्गे धारा !
तर अहिलेको कान्तिपुर
भिडले थिचेको मुर्दा झै, दन्त बेदन्त भएको राज्य झैं,
अराजकहरुको जमातमा एकलिएको छ,
कठै तिम्रो अमरावती कान्तिपुरी नगरी–
कठै तिम्रो अलकापुरी कान्तिपुरी नगरी,
कान्तिपुरकी शोभा बाग्मती थिईन रे!
अमृत झैं कलकल बग्थीईन रे! तर कहिले ढलमती भईन पत्तै पाईनन

ढलमतीलाई बाग्मती बनाउन कम्मर कसे, सफा मन र सफाइका औजार लिई खोलामा पसे ,
हामी रमिते मात्र भयौ
झाडीमा अलमलिएको गोरु झै टोलाई रह्यौ,
हाम्रा नकारात्मक उर्जा उर्लिरहे,
धत मेरो मानसिकता , धत तिम्रो मानसिकता
धत हाम्रो मानसिकता हृदयता ।
खेतमा अन्न लहराएको मलाई मन पर्दैन,
मलाई हो मलाई
तिम्रा कान्तिपुरका खेतमा त झन् झन् कक्रिट लहराएका छन्
बाकी कतै छन् भने खडेरी अड्याएका छन् ।

मजदूरी गर्न नपर्ने,पैसाको बाटो सप्रने,पैसा रोप्ने, पैसा टिप्ने, पैसाले हो नै संसार जित्ने।

घाँसी दाईको घाँस बेची पैसा कमाउने र त्यही पैसाले बटुवाको तृष्णा मेटने सपना अब पूरा हुने छैन ,

तिम्रा कान्तिपुरका खेतमा अब घाँस उम्रने छैन,

तिम्रा कान्तिपुरका खेतमा अब असारे हिलो भेटिने छैन ।

कान्तिपुरको पदतिर हिडदा पानी बिनाको रानी पोखरीले जिस्काउछ मलाई,
बाटो दोबाटो एक्लै हिड्दा, निर्मलाको त्रासले झस्काउछ मलाई,
आफ्नो अस्तित्व जोगाउन तिम्रो शालिक पछाडि लुक्छु म,

आज त्यही शालिकको पछाडि तिम्रो कान्तिपुरले भानु खोज्दैछ तिमीलाई !

कतै तिमीले जन्माएको छोरा नेपाली भाषा अपहरणमा त परेको छैन,

कतै आफ्नो छोराको उध्दारका लागि अनशनमा बसेका छैनौ ?

समाज सेवाको भाव यहाँ हराउदैछ, अहिले त तिम्रो कान्तिपुरमा गफको खेती ,

गफको बिकास उचाईमा चढदैछ,

तिमीले चाहे जस्तो होस वा नचाहे जस्तो ,
तिम्रो कान्तिपुर अगाडि बढदैछ भानु !
तिम्रो अमरावती अगाडि बढदैछ भानु !
तिम्रो अलकापुरी अगाडि बढदैछ भानु !

  

Himal dental
सम्बन्धित
Loading...