ghar sansar

नाइरोबी फ्लाई कति घातक

–डा. केदार कार्की

नेपालमा अहिले नयाँ खालको संक्रमण देखिन थालेको छ।एसिडले पोलेको जस्तो पोल्ने,दाग देखिने,जनै खटिराको जस्तो फोका आउने,रातो दागसहितको एलर्जी जस्तो हुने समस्या धेरै जिल्लामा देखिएको छ । यो नाइरोबी फ्लाई किराको संक्रमणबाट हुने गर्दछ।यो किरा अफ्रिकी मुलुक हुदै नेपाल प्रवेश गरेको जानकार बताउँछन् ।

lotus institite

तराईका विभिन्न जिल्लामा नाइरोबी फ्लाई किराको संक्रमण देखिएको छ । भारतीय सीमासँग जोडिएका स्थानमा यो किराको संक्रमण बढी देखिएको छ।नाइरोबी फ्लाईको संक्रमणले एसिडले पोलेको जस्तो दाग देखिने,पोल्ने,दुख्ने,खटिराको जस्तो फोका आउनेलगायतका लक्षण देखिएका छन् ।

नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु९किरा० हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन‚ तीमध्येको यो एक हो। कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भनिन्छ।यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिने चिकित्सकहरु बताउँछन् । अहिले यो किराको संक्रमण इलाम,झापा,काठमाडौं, धनगढीलगायतका जिल्लामा देखिएको छ ।

सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।

बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने ।उक्त किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन । चिकित्सकका अनुसार उक्त किराले टोक्दैनन्, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ ९एसिड० छोड्छ जसले छालालाई जलाउँछ ।

‘यो किराले टोक्दैन । यदि केही गरि हाम्रो छालामा किरा माडियो भने कडा एसिड निस्किन्छ र त्यसबाट छालामा एलर्जी हुन्छ,’ ‘जसले घाउ वा असामान्य दागहरू देखिन्छन् । एक वा दुई हप्तामा निको हुन थाल्छ, तर केही माध्यम संक्रमणहरू हुन सक्छ, कुनै बिरामीको छालामा दागसम्म बस्छ ।’एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ ।

daimond public

उक्त किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखा पर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सक बताउँछन ।

यो किराको शरीरमा हुने एक किसिमको रसायनले मानिसमा फैलँदा यस्तो समस्या आउने गर्दछ।किराको टोकाइमात्र नभइ शरीरका कुनै भागमा प्रवेश गरेको किरा माड्दा ‘पेड्रिन’ भन्ने टक्सिनले यस्तो लक्ष्यण देखाउने भनाइ छ छाला रोग विशेषज्ञ को।

यो किरा झरीको समयमा देखापर्छ।रातको समयमा पनि बत्तिको उज्यालो खोज्दै आएर मानिसको शरीरमा बस्छ।यस्तो समस्या हरेक वर्ष वर्खाको समयमा देखिने गरेको चिकित्सकहरूले बताएका छन् । नाइरोबी फ्लाई किराको संक्रमणबाट ठूलो जोखिम नहुने भएपनि जोगिन विशेष सावधानी अपनाउनुपर्ने सुझाव चिकित्सकको छ ।

घाउ देख्दा आत्तिने खालको हुन्छ । ठूला–ठूला फोका आउँछन् । जनै खटिरा, घामको एलर्जी तथा मंकिपक्सको फोका आउने हुनाले छुट्टाउन गाह्रो हुन्छ ।,’ ‘यो एलर्जीको कारणले हुने हो । यसले जटिला ल्याउने नभएकाले आत्तिनु पर्दैन ।’

कस्ता हुन सक्छन लक्षण ?

– जनै खटिराजस्तो फोका आउने ।
– ठूलो खालको पानी फोका आउने ।
– पीप फोका आउने ।
– छाला रातो हुने ।
– पोल्ने।
– रातो दाबर तथा बिमिरा आउने ।
– रातो धर्सेखालको एलर्र्जी हुने ।

चिकित्सकहरूका अनुसार यो दुईवटा छाला जोडिएको भाग जस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोकाहरु निक्लन सक्दछ साथै कहिलेकाहीँ यौनांगको वरिपरी पनि आउन सक्छ । नाइरोबी फ्लाईले गराउने लक्षण कपालमा लगाउने कलरको कमेकिल, घामको विकीरण, जनै खटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुन सक्ने हुन्छ । नाइरोबी फ्लाईकै कारण हो भनेर एकिन गर्न बायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको कारण क्लिनिकल डाइग्नोस्टिकल नाइरोबी फ्लाईकै कारण पुष्टि गर्न सकिन्छ ।

यो किरा देखिएमा हातले नछुने र छोए साबुन पानीले हात सफा गर्नुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’किराको संक्रमणको लक्षण देखिएर बढी पोले वा बढी चिलाए चिकित्सकको सल्लाह लिनुपर्छ । यसबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने,झूल लगाएर सुत्ने,बत्तीले किरा झुमिने भएकाले सुत्दा बत्ती निभाउने,घाउ भए फोहोर हुन नदिने,पोलेमा चिसो आइसले सेक्ने गर्नुपर्छ। नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’
यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने छ ।
कसरी सावधानी अपनाउने ?
– फूल बाहुले लुगा लगाउने ।
– झूल लगाएर सुत्ने ।
– सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने ।
– फोहोरमैला हुन नदिने ।
– पोलेमा चिसो आइसले सेक्ने ।
– धेरै नै दुस्ख दिएमा नजिकको स्वास्थ्यसंस्थासँग सम्पर्क गर्ने आदि ।

Himal dental
सम्बन्धित
Loading...