ghar sansar

अछाम १ मा भीम रावलको विकल्प खोज्न अध्यक्ष ओलीलाई सुझाव

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका केही नेताहरूले अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल रूपमा सिफारिस भएका नेता भीम रावलको विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

सोमबार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका नेताहरू लेखराज भट्ट, कर्ण थापा, यज्ञ बोगटी, झपट बोहोरालगायत एक दर्जन नेताले अछाम १ बाट रावलको नाम एकल सिफारिस भएपनि उनी पार्टी नीति विपरीत चल्न खोजेको तथा सम्पर्कमै रहन नचाहेको भन्दै सोच्न आग्रह गरेका हुन् ।

,orning glory badhai

स्थायी कमिटी सदस्य समेत रहेका कर्ण थापाले सुदूरपश्चिमका सबै नेता कार्यकर्ताको चाहाना रावल पार्टी नीतिअनुसार चल्नुपर्ने रहेको र आफूहरूले सोही कुरा अध्यक्षसँग राखेको बताए ।

dirghayi clinic

‘पार्टी नीतिभन्दा माथि कोही हुँदैन भन्ने सबैको भनाई एउटै छ । अध्यक्षले पनि सोही कुरा भन्नुभएको छ । हामीले त उहाँको नाम सिफारिस गरेकै हौ तर उहाँ कुनै बैठक, छलफल कतैपनि देखिनुहुन्न’, थापाले रातोपाटीसँग भने, ‘यस्तै हो भने कसरी पार्टीको उम्मेदवार बनाउने ? यसबारे सोच्नुपर्छ भनेर हामीले अध्यक्षलाई पनि भन्यौ, उहाँले पनि चासो लिएर सोधखोज गर्नुभयो ।’

रावल २०७४, सालमा समेत सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । गएको मंसिरमा भएको नेकपा एमालेको दशौं महाधिवेशनमा रावल ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यस समयदेखि नै अध्यक्ष ओली र रावलबीच राम्रो सम्बन्ध छैन । स्रोतका अनुसार रावलले ओलीसमक्ष आत्मालोचना गरेमात्रै उनलाई टिकट दिनुपर्ने नत्र विकल्प सोच्नुपर्ने माग राखेका थिए ।

रावलविरुद्ध बालकोट डेलिगेशनमा पुगेका एक नेताले भने, ‘रावलजीको विकल्प पनि हामीले अध्यक्षलाई दिएका छौं ।’ ती नेताका अनुसार यदि रावलले आत्मालोचना नगरे विकल्पका रूपमा रावलको ठाउँमा अर्का नेता कृष्ण जैसीलाई प्रतिनिधिसभाको टिकट दिन प्रस्ताव गरिएको बताए । यद्यपि जैसी आफू भने प्रदेश सभा सदस्यमै निर्वाचन लड्ने चाहाना राख्छन् ।

साभार : रातो पाटी

Himal dental
सम्बन्धित
Loading...