ghar sansar

निर्मलाका हत्यारा पत्ता लगाउन नसकेको भन्दै कञ्चनपुर ३ का स्वतन्त्र उम्मेदवार चन्दले पोखिन प्रधानमन्त्री देउवासित आक्रोश, भनिन्– अब नैतिकताका आधारमा राजीनमा दिनु पर्छ

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार शारदा चन्दले प्रधानमन्त्री शेर बहादुर देउवाले निर्मला पन्तका हत्यारा २४ घण्टासम्म पत्ता लगाउने वाचा पूरा नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले सत्तामा पुग्न देउवाले पन्त हत्या प्रकरणलाई राजनीतिक मुद्दा बनाएको आशंका गरिन् ।

म आफैंले देउवाजीलाई दुई पटक निर्मलाको आमासित भेटाएको छु, त्यो भेटमा वहाँले म २४ घण्टाभित्रै पत्ता लगाउँछु भन्नु भएको थियो, अहिले प्रधानमन्त्री भएको पनि यति भई सकेको छ’ मंगलबार विहान पत्रकार सम्मेलनमा उनले भनिन्,‘न्याय पाएकी छैन्, नैतिक रुपमा राजीनामा दिनु पर्छ ।’

Anant bahu travels

स्वतन्त्र उम्मेदवार चन्दले निर्मला पन्तको लाशमाथि राजनीति गरिएकोमा आक्रोश पोख्दै प्रधानमन्त्री देउवा कुर्सी बचाउन केही नबोलेको बताइन् ।

‘देउवाजीले पनि कुर्सी बचाउन छ, नत्र अहिले पनि निर्मलाका कपडा, साइकल  र कापी किताब प्रहरी कार्यालयमा छन्’ उनले भनिन्,‘त्यसको वैज्ञानिक परीक्षण गरी हत्यारा पत्ता लगाउने कार्य किन हुन सकेको छैन  त ?’

dirghayi clinic

राजनीतिक दलले सत्ता जोगाउने र सत्ता प्राप्तिलाई पन्तको हत्या काण्डसंग जोडेको उनले असन्तुष्टि जनाएकी छन् । भीमदत्त नगरपालिका २ का पन्तको २०७५ साउन १० गते भगतपुरमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएपछि अधिकारकर्मी चन्द सहित स्थानीयको सहभागितामा आन्दोलन गरिएको थियो । तत्कालिन नेकपा नेतृत्वको सरकारले हत्यारा लुकाएर भन्दै काँग्रेसले देशव्यापी आन्दोलन गरेको थियो ।

अधिकारकर्मी चन्दले पन्त हत्याकाण्डमा दलीय मिलेमतो देखेपछि आफू स्वतन्त्र भएर उम्मेदवार बनाएको उनले बताएकी छन् । उनले निर्मला पन्त हत्याकाण्डलाई आफ्नो चुनावी एजेण्डा बनाएकी छन् ।

पत्रकार सम्मेलनमा उनी एमाले र काँग्रेसका दुबै प्रतिनिधि सभा सदस्यका उम्मेदवारमाथि खनिएकी छन् । निर्मला पन्त हत्या प्रकरणमा चुप बसेको उनले दुबै जनालाई आरोप लगाएकी छन् ।

एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पालले हत्याकाण्ड हुँदा चुपचाप बसेको चन्दले बताइन् । काँग्रेस उम्मेदवार लेखकले पनि सत्ता गएपछि हत्या प्रकरणमा बोल्न छाडेको उनको भनाई छ ।

‘आदरणीय दिदी निरुदेवी पाल सुदूरपश्चिमको खम्बा हुनु हुन्छ, वहाँ जस्तो नेताले पनि एक दिन पनि बोल्नु भएन, त्यसै गरी अर्को खम्बा हुनु हुन्छ रमेश लेखक आदरणीय दाई’ उनले भनिन्,‘लाज लाग्नु पर्छ ।’

काँग्रेस महाधिवेशन प्रतिनिधि चन्द काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा गएकी छन् । अढाई दशकदेखि सामाजिक सेवामा सक्रिय उनी क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी प्रचारमा सक्रिय भएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...