ghar sansar

सिमलफाँटामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु, मन्त्री धामीले गरे उद्घाटन

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटामा जिर्ण अबस्थमा रहेको प्राचिन बैजनाथ मन्दिर निर्माणका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ बिहीवार देखि सञ्चालन भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले उद्घटन गरेका छन ।

कार्यक्रममा उनले शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटामा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दैै उनले धार्मिक कार्यले समाजलाई जोडने कार्य गर्ने भएकाले यस्ता कार्यक्रमलाई महत्व दिनु पर्ने बताए । उनले वनमा आधारित पर्या–पर्यटन र धार्मिक पर्यटकीय क्षेत्रको विकास गरी युवाहरुलाई स्वदेशमै रोजगारी दिन प्रतिवद्ध रहेको बताए ।

,orning glory badhai

उनले मन्त्रालयले आय आर्जनका कार्यक्रमलाई प्राथमिकतामा राखेकाले युवाहरुको माग र सीपका आधारमा योजनाहरु सञ्चालन गरिने बताए ।

dirghayi clinic

स्थानिय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित योजनाहरु प्राथमिकतामा राखिएको उल्लेख गर्नु हँुदै उनले युवाहरुलाई स्वदेशमै मनग्य आम्दानी हुने खालका योजनाहरु सञ्चालन गरि विदेशिनबाट रोक्न सकिने बताए । पूर्व सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशीले निकुञ्जमा एक मात्रै प्रवेश द्वार हुदा पर्यटकीय गतिविधिमा कमी आएको बताए ।

निकुञ्ज प्रवेश गर्ने मझगाउँमा मात्रै एउटै मात्रै प्रवेश विन्दु रहेको चर्चा गर्दै उनले त्यसलाई विस्तार गरी अर्जुनीमा पनि त्यहीबाट टिकट काटेर निकुञ्ज प्रवेश गर्ने व्यवस्था गर्न सकिए प्रयाप्त पर्यटकलाई भित्राउन सकिने बताए । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री चिन्तामणी भट्टले जङगली जनावरबाट हुने मानविय क्षति रोक्नका लागि मन्त्री धामीको ध्यानाकर्शण गराए ।

वडा अध्यक्ष प्रताप धामीले जंगली जनावर, नदीमा तटबन्ध, मन्दिर पुनः निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा माओवादीका नेता विरभान चौधरी, नगरपालिकाको न्यायीक समितिका सदस्य केशव ठुगुन्ना, पूर्व वडा अध्यक्ष दल बहादुर मडै लगायतको सहभागीता रहेको थियो ।

महायज्ञको प्रवचनकर्तामा पण्डीत मोहनचन्द्र जोशी रहनु भएको छ । महायज्ञ कात्तिक १६ गते देखि २३ गते सम्म सञ्चालन हुने भएको छ ।

Himal dental
सम्बन्धित
Loading...