ghar sansar

दोधारा चाँदनीको बडुवाल टोलमा तीन महिनादेखि हात्ती आतंक, दुई सातामा भत्काइयो आधा दर्जन घर

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । बडुवाल टोलका मोहन सुनारले दुई घुईत्रो र दुुई गुलेली बनाएका छन् । गुलेली र घुईत्रोमा प्रयोग हुने ढुंगा घरको छेउमा जहिले पनि तयारी अवस्था मोहन सुनारले राख्छन् ।

बस्तीमा पसेको हात्तीलाई गुलेली र घुईत्रोले धपाउन सजिलो हुने हुँदा बडुवाल टोलको अधिकांश घरमा गुलेली र घुईत्रो हेर्न पाईन्छ । दोधारा चाँदनी नगरपालिका ३ बडुवाल टोल लगायत आसपास बस्तीमा जंगली हात्तीको आतंक बढेर गएको
छ । बस्तीमा हात्तीले घर भत्काउन थालेसंगै स्थानियहरु राभरी जाग्रम बस्दै आएका छन् ।

,orning glory badhai

हात्तीहरुको प्राकृतिक मार्गहरुमा मानव बस्ती विस्तार भएका कारण कुनै पनि समय तिनीहरुको झुन्ड हिंस्रक भएर मानविय क्षती पुगाउन सक्ने सम्भावना त्यत्तीकै बढेर गएको छ । बडुवाल टोलका स्थानियहरु ‘हात्ती आतंक’ कम गर्न अनेक उपाय अपनाउँदै आएका छन् ।

भारतीय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीको हुललाई धपाउन स्थानीयवासीले यति बेला भने गुलेली र घुईत्रोको सहारा लिएका छन् । टाढैबाट हान्न मिल्ने भएको कारणले पनि गुलेली र घुईत्रो हात्ती धपाउन बस्तीको अन्तिम अस्त्र बनेको छ् । ‘टाढाबाट तन्काएर हान्दा हात्तीलाई लाग्यो भनेर केही हलचल गर्छ’ स्थानिय मोहन सुनारले भने । जंगली हात्ती धपाउन बस्तीमा साईरन बजाउने, खुर्सानीलाई जलाएर धुवा बनाउने लगाएत अनगिन्ती उपाय गर्दा समेत हात्ती नभाग्ने गरेको अर्का स्थानिय महाविर क्षेत्रीले बताए ।

dirghayi clinic

‘हात्ती धपाउन अन्य उपाय भन्दा गुलेली र घुईत्रो थोरै भएपनि प्रभावकारी देखियो’ क्षेत्रीले भने । विगतमा हात्ती आतंक नियन्त्रणका लागि भाडाकुडा बजाउने, मौरीपालन, हात्तीबार, विद्युतीय तारबार दर्जनौं उपाय गरिएको उनले बताए । ‘तर, सबै निष्प्रभावी बने’ महाविर क्षेत्रले भने ।

स्थानीयवासीलाई हात्ती मार्नु हुन्न भन्ने हेक्का छ् । त्यसैले उनीहरु कम क्षति हुने गुलेली र घुईत्रो जस्ता अस्त्र प्रयोग गर्न थालेका हुन् ।

जंगली हात्तीले झण्डै दुई सातामा ७ स्थानीयहरुको घर भत्काएर खाद्यान्न, कपडा तथा भाडाकुडी नष्ट गरेको छ् । बस्ती नजिक रहेको भारतिय जंगलबाट रातीको समयमा बस्ती भित्रिने हात्तीले झण्डै ३ महिना देखि बस्तीमा ताण्डव मच्चाउदै आएको छ् ।

‘हात्ती नजिकै रहेको भारतीय जंगलबाट बस्ती भित्रिन थाल्छ् अनि हाहाहुहु गर्दै गुलेली र घुईत्रो तन्काउन हान्छौं’ अर्का स्थानिय बल बहादुर सुनारले भने । आफु सिधा रहेको मान्छेलाई हात्तीले हत्तपत्त आक्रमण गर्न खेद्ने गरेको उनले बताए ।

‘गुलेली र घुईत्रो लागेपछि अघि बढदै गरेको हात्ती एक पटक फनक्क फर्कन्छ्’ बल बहादुरले आफ्नो अनुभव सुनाए– ‘एउटा फर्किए पछि सबै बिस्तारै र्फकन्छन् ।’ दिनभर भारतको जंगलमा बस्ने हात्ती रात पर्ना साथ आहारा खोज्दै बडुवाल टोल तथा आसपासका बस्तीमा भित्रिने गर्दछ ।

Himal dental
सम्बन्धित
Loading...