ghar sansar

बेदकोटका मेयर बोहराको प्रतिवद्धतापछि नगर अस्पताल निर्माणका लागि दबाव आन्दोलन तिहार र छठसम्म स्थगित

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले प्रतिवद्धता जनाएपछि १५ शै्ययाको नगर अस्पताल निर्माणका लागि दबाव दिन घोषणा गर्ने भनिएको आन्दोलन स्थगित भएको छ ।

बेदकोट नगरपालिकाको सभा कक्षमा शुक्रबार नगर अस्पताल निर्माणका लागि दबाव दिन गठित संघर्ष समितिले शुक्रबार गरेको सर्वपक्षीय छलफलमा शनिबार अस्पताल निर्माण स्थलमा स्थानीयसित छलफल गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको थियो ।

,orning glory badhai

शुक्रबारको निर्णय अनुसार शनिबार अस्पताल निर्माण स्थल शारदा माध्यमिक विद्यालयमा बेदकोटका मेयर बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा मेयर बोहराले अस्पताल निर्माणका लागि नगरपालिका प्राथमिकता दिएर लागेकोले तिहार र छठपछि अस्पताल निर्माण कार्य सुरु गराउने प्रतिवद्धता व्यक्त गरे ।

‘नगरपालिकामा यसमा प्रतिवद्ध भएर लागेको छ, यसलाई प्राथमिकता दिएर लागि रहेका छौ, निर्माण कम्पनीसित कुराकानी भएको छ, अहिले पनि कुराकानी गरि रहेका छौ’ मेयर बोहराले भने,‘तिहार र छठपछि निर्माण सुरु गर्ने भनेको छ, म त्यसका लागि अझै कुरा गर्छु, म यसमा प्रतिवद्ध भएर लाग्छु ।’

मेयर बोहराले कार्यक्रमबाटै अस्पताल निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका सञ्चालक भीम बहादुर साउँदसित लाउड स्पीकर गरी मोबाइलबाट कुरा गरी सबैलाई सुनाएका छन् ।

‘मेयर सापले कार्यक्रमबाट लाउड स्पिकर गरी कुराकानी गर्न भो, तिहार छठपछि काम सुरु गर्छु भनेर निर्माण कम्पनीले पनि भन्यो’ संघर्ष समितिका संयोजक खगेन्द्र नागले भने,‘मेयर सापबाट प्रतिवद्धता आएपछि तिहार र छठ सकिएको सात दिनसम्म आन्दोलनका कार्यक्रम नगर्ने निर्णयमा पुग्यौ, त्यसपछि सुरु भएन भए आन्दोलन गर्न छँदैछ ।’

बेदकोट नगरपालिका ३ दैजीमा १५ शै्ययाको नगर अस्पताल बनाउन २०७८ मा सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कार्य सुरु नभएपछि गत वर्ष स्थानीय खगेन्द्र नाथको संयोजकत्वमा संघर्ष समिति गठन गरी दबावमा उत्रिएका हुन् ।

संघर्ष समितिले दबाव दिएपछि गत आर्थिक वर्षमा अस्पताल निर्माण कार्य सुरु गरी पर्खाल निर्माण गरिएको थियो । पर्खाल निर्माण रोकिएर फेरि काम सुरु नभएपछि समितिले शुक्रबार दबावका लागि आन्दोलनमा जाने घोषणा गरेको थियो
संघर्ष समितिका संयोजक नाथले मेयर बोहराले संघर्ष समितिको मागलाई गम्भीर रुपमा लिएर निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएकाले सबैको सहमति अनुसार तत्काल आन्दोलन कार्यक्रम स्थगित गरिएको बताए ।

नगर अस्पताल निर्माण कार्य सुरु गर्नका लागि कार्तिक महिनाभित्रै नगरपालिकालाई ज्ञापन पत्र बुझाइने संयोजक नाथको भनाई छ ।

dirghayi clinic

शुक्रबार मेयर बोहरा कार्यालय बाहिर भएकाले नगरपालिकामा गरिएको सर्वपक्षीय छलफलमा सहभागी हुन सकेका थिएनन् । कार्यालयमा भएका उप मेयर सहित अन्य जनप्रतिनिधि कार्यक्रममा नआएपछि समितिका संयोजक नाथले असन्तुष्टि पोखेका थिए ।

मेयर बोहराले शनिबार विहान नगर अस्पताल निर्माणका लागि ठेकेदार कम्पनीले तिहारपछि काम सुरु गर्ने जानकारी गराएको बताएका थिए ।

शारदा माविको सर्वपक्षीय छलफलमा बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष मोहन गुरुधामी सहित एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सहभागी भएका छन् ।

नगर अस्पताल निर्माणका लागि २०७८ बैशाख २२ गते दुई वर्षमा सक्ने गरी ९ करोडमा ७४ लाखमा ठेक्का सम्झौता भएको थियो । अघिल्लो कार्यकालमा ठेक्का भए पनि ठेकेदार कम्पनीले साइड क्लियर नभएकोले निर्माण सुरु गर्न नसकिएको बताउँदै आएको थियो ।

बेदकोटको मेयरमा बोहरा निर्वाचित भएपछि साइड क्लियर गरी गत आर्थिक वर्षमा निर्माण सुरु गरिएको थियो । गत भदौदेखि फेरि काम सुरु गर्ने भन्दै ठेकेदार कम्पनीले काम रोक्का गरेको थियो ।

संघर्ष समितिका संयोजक नाथले ठेकेदार कम्पनीले सम्झौता अवधिसम्म अस्पताल निर्माणको काम समेत सुरु नगरेपछि दबावका लागि संघर्ष समिति गठन गरिएको बताए ।

‘दुई वर्षसम्म अस्पताल बन्छ भन्ने थियो, त्यसैको आशमा बसेका थियौ’ उनले भने,‘ठेक्काको म्याद सकिँदासम्म काम सुरु नै नभएपछि संघर्ष समिति गठन गरी अघि बढेका हौ ।’

दैजीस्थित शारदा माध्यमिक विद्यालयको भोगलचनमा रहेको १२ कट्टा जमिनमा नगर अस्पताल बनाउन थालिएको हो । ठेकेदार कम्पनीले हालसम्म नगर अस्पताल ठेक्का रकमबाट ८५ लाख मोबिलाइजेशन रकम लगेको छ ।

बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष धामीले बेदकोट नगरपालिकाले अस्पताल निर्माण कार्यलाई प्राथमिकता दिएर अघि बढेको बताए ।

‘यो नगर अस्पताल निर्माण कार्यलाई सुरुदेखि प्राथमिकता दिएका छौ, चुनाव जितेर आएपछि साइड क्लियर गराएर निर्माण सूरु भयो’ उनले भने,‘ पटक पटक गरी ५ पटकसम्म त काम सुरु गर्नका लागि ठेकेदारलाई पत्र पठायौ, दुई पटक मेयर साप म नै कम्पनीको अफिस गरेर समेत कुरा गरेका छौ ।’

बेदकोट नगरपालिकाले ठेकेदार कम्पनीलाई म्याद थपका लागि सक्कली कागजात पठाउन पत्रचार गरेको छ । कार्यालयमा म्याद थपका लागि निवेदन आएपछि कागजात माग गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...