

महेन्द्रनगर । शुक्लाफाटाँ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले शक्तिशाली भुकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका बासिन्दालाई तत्काल राहत उपलव्ध गराउन माग गरेका छन् ।
ऐरीले आइतबार प्रेश विज्ञप्तिी जारी गर्दै विनाशकारी भूकम्पबाट घाईतेहरुको सम्पूर्ण उपचार नेपाल सरकारले निःशुल्क रुपमा गर्नु पर्ने, तत्काल भूकम्प प्रभावित परिवारलाई खाद्यान्न, लताकपडा, औषधी, सुद्धेयजल लगायतका आधारभूत दैनिक आवश्यकीय सामग्रीको व्यवस्था गर्न माग गरेका छन् ।


क्षति पुगेका भौतिक संरचनाहरुको आंकलन गरी भूकम्प प्रतिरोधी आवस निर्माण गरी हस्तान्तरण गर्नु पर्ने माग गर्नु भएको छ । मृतकका परिवारलाई राहत संगै आर्थिक सहयोग उपलव्ध गराउनु पर्ने उनको माग छ ।
कात्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जादा जाजरकोट र रुकुमपश्चिम जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ केन्द्र बिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको थियो ।


