ghar sansar

दोधारा चाँदनीको हात्ती पीडित बडवाल टोलमा पुगिन दलित आयोगका सदस्य सोव, हात्ती आतंक नियन्त्रणका लागि जनप्रतिनिधिसित छलफल

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय दलित आयोगका सदस्य मिनादेवी सोबले राजनीतिक दलका नेता र अधिकारकर्मी सहित दोधारा चाँदनीको हात्ती पीडित बडवाल टोलमा पुगेर स्थानीयसित भेटघाट गरी क्षतिको जानकारी लिएकी छन् ।

उनले दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बु सहित जनप्रतिनिधिसित छलफल गरेपछि बडुवाल टोल पुगेर स्थानीयसित भेटघाट गरी हात्तीका कारण स्थानीयले भोग्दै आएको सास्तीबारे जानकारी लिएकी छन् ।

,orning glory badhai

भारतको उधमसिंह नगर जिल्लाको खटिमा मेलाघाट क्षेत्रसित जोडिएको बडुवाल टोलमा हात्तीले बर्सेनी आतंक मच्चाउँदै आएको छ । यस वर्ष तीन महिनादेखि हात्तीले आतकं मच्चाउँदै आएको स्थानीय बताउँछन् ।

आयोगका सदस्य सोवसंग नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा, गैर सरकारी संस्था महासंघका नरेश सिलाल सहित दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधि समेत सहभागी भएका छन् । एमाले नेता विश्वकर्माले आयोगका सदस्य सोवसित कुराकानी गरी स्थलगत निरीक्षण गराएका छन् ।

dirghayi clinic

एमाले प्रदेश कमिटी उप सचिव विकले दोधारा चाँदनीका नगर प्रमुख समेतका जनप्रतिनिधिसंग छलफलमा स्थानीयको धनजनको सुरक्षालाई मध्यनजर गरी छिटोभन्दा छिटो नेपाल भारत सीमा निर्धारण समुन्वय समितिसंग पहल गरी जंगली हात्ती प्रभावित क्षेत्रमा कम्तीमा २ किलोमिटर सिमाना जमिनमा तारबार लगाउनु पर्ने निष्कर्ष निकालिएको बताए ।

टोलीसित स्थानिय चम्फा सार्की र स्थानीय वासिन्दा समेत रहेका नगर कार्यपलिका सदस्य लक्ष्मी थापा मगर, सदस्य राधा सुनार, राम बहादुर महता लगायतले चिसो मौसममा घर भत्काएपछि बालबालिकाका लुगाकपडा र खाद्यान्न सबै नष्ट भए र अहिले अर्काको घरमा आश्रय लिएर बसि रहेको बताए ।

उनीहरुले राती राति १२÷१३ वटा हात्तीको बथान आउने गरेकोले रात दिन त्रासमा बस्नु परेको उनीहरु बताउँछन् ।

    

Himal dental
सम्बन्धित
Loading...