

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका २ स्थित चाँदनी कृषि सहकारी संस्था लिमिटेडबाट बुधबार राति चोरी भएको छ । सहकारी कार्यालयको ताला तोडेर ५ लाख ५१ हजार ७ सय १४ रुपिँया चोरी भएको सहकारीका अध्यक्ष चन्दन सिंह थापा मगरले बताएका छन् ।

मध्यरातमा रकम चोरी भएको हुनसक्ने बताईएको छ । भारतीय रुपिँया बैंकमा जम्मा गर्न नमिल्ने भएको सहकारीमा राखिएको थियो ।

चोरहरुले भारतीय रुपैँया चोरर लगेको अध्यक्ष थापाले बताए । यस अघि चाँदनी बजार क्षेत्रमा एक रातमा ७ वटा चोरी भएको थियो ।

