

महेन्द्रनगर । निड्स नेपालले दिगो आम्दानी द्वारा महिला उद्यमीहरुको सशक्ति परिेयोजना अन्र्तगत सञ्चालित कुखुरापालन सम्बन्धी छ दिने सीप विकास तालिम झलारीमा सम्पन्न भएको छ ।

आर्थिक रुपमा विपन्न महिलाहरुलाई कुखुरापालन सम्बन्धी सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा कृष्णपुर र बेदकोट नगरपालिकाका गरी २० जना महिलाहरुले कुखुरापालन सम्बन्धी तालिम लिएका छन । तालिमको प्रशिक्षण विश्वेश्वर प्रसाद खरेलले गरे ।

सामापन कार्यक्रममा बेदकोट नगरपालिका नगर प्रमुख भोजराज बोहराले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै सीपले जीविन जिउने कला सिकाउने भएकाले यसले व्यवसाय सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । निड्स नेपालका उपाध्यक्ष डिवि कुश्मीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नका लागि कटिवद्ध भएर लाग्नु पर्ने बताए ।
कुखुरा पालन गर्नका लागि सीप सिकायौं उनले भने, अब सीप सिके अनुसारको व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्नु पर्दछ । तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीद्वय अनिता चौधरी र इश्वरी चन्दले तालिमबाट व्यवसाय गर्न हौसला थपिएको बताए ।

