ghar sansar

नेपाल भन्दा महँगो लुगा भनेपछि भारतीय बजारमा नेपाली युवकलाई कुटपिट

little buddha academy
khasi

महेन्द्रनगर । कैलालीको सीमावर्ती भारतीय बजार वन गाउँमा एक नेपाली युवक कुटिएका छन् । भारत व्यापारीले २३ वर्षीय झलक कुँवर भारतीय सीमा बजार वन गाउँमा कुटेका हुन् ।

dirghayi clinic

नेपालको तुलनामा लुगा महँगो भएको भनेपछि भारतीय व्यापारीले उनलाई कुटेको हो । किनमेलका लागि वन गाउँ पुगेका उनलाई कपडा पसल सञ्चालकले टाउकोमा हानेको पीडित कुँवरले बताए । आफूले लुगा किन्दा नेपालभन्दा महँगो भएको भनेपछि व्यापारीले आफूलाई आक्रमण गरेको उनको गुनासो छ ।

,orning glory badhai

वन गाउँका सबै पसलका व्यापारी मिलेर आफूलाई कुटपिट गरेको उनले बताएका हुन् । भारतीय बजार वन गाउँमा नेपाली कुटिने र लुटिने गरेको यो केबल प्रतिनिधि उदाहरण मात्र हो । यसरी नै भारतीय व्यापारीबाट कुटिने र बाटोमा अन्य भारतीयबाट लुटिने गरेका घटना विभिन्न समयमा सार्वजनिक हुँदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...