


महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष कृष्ण बहादुर सिंहको निधन भएको छ । केही समयदेखि अस्वस्थ भीमदत्त नगरपालिका ८ तिलाचौरका सिहको निधन भएको छ ।
नेकपा एमालेका नेता सिंह २०५४ कोस्थानीय निकाय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए । राजनीतिसंगै वन वातावरण र सामाजिक कार्यमा सक्रिय थिए । उनी भम्केनी धामका निवर्तमान अध्यक्ष पनि हुन् ।

