ghar sansar

भीमदत्त १७ बाट ठूलो संख्यामा जुवाडे पक्राउ, अढाई लाख बढी बरामद

little buddha academy
khasi

महेन्द्रनगर । प्रहरीले भीमदत्त नगरपालिका १७ बाट २८ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले सोमबार राति दुई लाख ५८  हजार नगद रकम सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्रा्उ गरिएका सबै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुमाथि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । 

,orning glory badhai
dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी नेतृत्वको प्रहरी टोलीले जुवाखालमा छापा हानेको थियो । प्रहरीका अनुसार स्थानीय भीम बहादुर ठगुन्नाको घरमा जुवातास भई रहेको सूचनाका आधारमा छापा हानिएको थियो ।

प्रहरीले सोमबार राति ८ बजे उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी ठगुन्ना सहित २८ जना छन् । पक्राउ पर्नेमा दुई जना बाहेक सबै भीमदत्त नगरपालिका छन् ।

उनीहरुमा भीमदत्त नगरपालिका १८ का ईन्द्र पाठक, १० का रमेश टमटा, अमृत कठायत, ९ का गणेश महता, १० का कोलाल सिँह ठकुराठी, १६ का भुवन ठगुन्ना, १७ का रोहित पाल, ९ का भवानी सिँह बुढा, १० का पदम बहादुर बोहरा, ११ का भक्त धामी, आशिष खड्का, किशन पाल, राम दत्त भट्ट, १७ का राम बहादुर ठकुराठी, किशन ठगुन्ना, भिम बहादुर ठगुन्ना, राकेश ठगुन्ना, घनश्याम ठगुन्ना, ११ का रोशन बिष्ट, ५ का प्रकाश लावड, १७ का सुरेन्द्र ठगुन्ना, १७ का खगेन्द्र बडवाल, ११ का राम दत्त भट्ट, देबेन्द्र बिष्ट, दिपक बाग, १३ का नरपति महता, दार्चुला नौगाड गाउँपालिका ३ का करन बोहरा र डडेल्धुरा अजयमेरु गाउँपालिका ५ का चक्र पाल छन् ।

Himal dental
सम्बन्धित
Loading...