ghar sansar

राहत बोकेर एमालेको युवा संघ सहित जन वर्गीय संगठनको टोली जाजरकोट प्रस्थान, एमालेका कर्णाली इन्चार्ज भट्टले गरे विदाई

little buddha academy
khasi

महेन्द्रनगर । जाजरकोटका भुकम्प पीडितहरुलाई राहत वितरण तथा पुनर्निर्माणका लागि कञ्चनपुर सहित सुदूरपश्चिमबाट २५ जना युवाको टोली जाजरकोट प्रस्थान गरेको छ ।

जाजरकोट प्रस्थान गरेको राष्ट्रिय युवा संघ सहित विभिन्न जनसंगठनका २५ जनाको टोलीलाई नेकपा एमालेका केन्द्रिय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले बिदाइ गरेका छन् ।

,orning glory badhai

dirghayi clinic

एमालेको केन्द्रीय कमिटीले जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि एक हजार युवा परिचालन गर्ने निर्णय गरे अनुसार सुदुरपश्चिमबाट सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर सिंहको नेतृत्वमा टोली पठाइएको नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनि रानाले बताए ।

टोलीमा कञ्चनपुरबाट राष्ट्रिय युवा संघ नेपाल कंचनपुरका सह सचिव नरेन्द्र बिष्टको नेतृत्वमा ७ जना युवा जाजरकोट प्रस्थान गरेको राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका अध्यक्ष दिनेश बिष्ट डिबिले बताए ।

Himal dental
सम्बन्धित
Loading...