ghar sansar

डुबेर हुने मृत्यु रोकथामका लागि दोधारा चाँदनीमा थालियो प्रयास, नगर स्तरीय समिति गठन

little buddha academy
khasi

महेन्द्रनगर । डुबेर हुने मृत्यु रोकथामबारे बुधबार दोधारा चाँदनी नगरपालिका स्तरीय मूल्याङ्कन गरिएको छ । विश्व स्वास्थ्य संगठनको आयोजनामा दोधारा चाँदनी नगरपालिका स्थानीय युवायुवतीहरु तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु संग छलफल तथा अन्तरक्रिया गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताए ।

डुबेर हुने मृत्युका घटना सम्बन्धमा नागरिक तथा नीति निर्माताहरूलाई सचेत र जागरुक गराउन विश्व स्वास्थ संगठनले बढी जोखिम भएका पालिका हरुमा यस्तो खालको कार्यक्रम गरिन लागेको विश्व स्वास्थ संगठनका भगवती सेढाईंले बताए ।

,orning glory badhai

धेरै मानिसहरूलाई पानीमा डुब्ने जोखिमको पूर्वानुमान गर्न र रोकथाम गर्न सकिंदैन भन्ने भ्रम रहेको छ। तर त्यस्तो नभई हामीले यसको रोकथाम गर्न सक्छौ भनेर पालिकाले कार्ययोजना बनाउन उत्प्रेरित गर्न विश्व स्वास्थ संगठनले दोधारा चाँदनी नगरपालिका छनौट गरेको विश्व स्वास्थ संगठनका अनुराधा श्रेष्ठले बताइन् ।

dirghayi clinic

कार्यक्रमपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको संयोजकत्वमा नगर उप प्रमुख गंगादेवी जोशी, सुदूरपश्चिम विश्व विद्यालयका उप प्राध्यापक डा. दिपकचन्द्र भट्ट लगायत समेत समितिमा रहने गरि ११ सदस्यीय डुबेर हुने मृत्यु रोकथामका लागि दोधारा चाँदनी नगरपालिका स्तरीय समिति गठन गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा मे २१ देखि ३० सम्म आयोजित ७६ औं विश्व स्वास्थ्य सम्मेलनका प्रतिनिधिहरूले डुबेर हुने मृत्यु रोकथामका लागि विश्वव्यापी कार्यलाई तीव्रता दिने प्रस्तावमा सहमति जनाए अनुसार नेपालमा पनि डुबेर हुने मृत्यु रोकथामका लागि कार्यक्रम सञ्चालन शुरु गरिएको छ ।

संगठनका अनुसार डुबेर संसारभरी प्रत्येक वर्ष २ लाख ३६ हजार जनाको मृत्यु हुन्छ। भने नेपालमा मात्र बर्ष भरिमा १ हजार ५ यसको मृत्यु हुने गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...