ghar sansar

महेन्द्रनगरमा भीमदत्त पन्तको शालिक तोडफोड, प्रवेशद्वारमा मेटाइयो नाम

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन् ।

राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका हुन् । घन प्रहार गरी तोडफोड गर्दा शालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ ।

,orning glory badhai

सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी शालिक तोडफोड रोकेका छन् । सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरी उनीहरुलाई तितरवितर गरे । त्यसपछि उनीहरुले पार्क वाहिर प्रवेशद्वारमा पेन्ट लगाएर भीम वाटिकाको नाम मेटाई दिएका छन् ।

राप्रपाको कार्यालयबाट प्रदर्शन सुरु गरी बजार क्षेत्र परिक्रमण गरी मदनचोकमा समापन गर्ने कार्यक्रम राखिएको भए प्रदर्शनमा सहभागी क्याम्पस रोडमा पार्क आएका हुन् । उनीहरु पन्तको शालिन तोडफोड र प्रवेशद्वारमा भीम वाटिकाको नाममा पेन्ट लगाएर मेटाएका छन् ।

dirghayi clinic

भीमदत्त पन्त स्मृति प्रतिष्ठानले केही वर्ष अघि पन्तको शालिक स्थापना गरेपछि भीम वाटिका नामाकरण गरिएको थियो ।
राप्रपाका केन्द्रीय सह प्रवक्ता पूर्ण बहादुर चन्दले पार्कभित्र आउने कुनै कार्यक्रम नभए पनि प्रदर्शनमा सहभागीको भीड अचानक पार्कमा आएको बताए ।

‘आजको यो कार्यक्रम बेथिति विरुद्ध हो, महँगी विरुद्ध हो, सरकार विरुद्ध हो, भ्रष्टाचार विरुद्ध हो’ उनले भने,‘अचानक पार्कभित्र भीड प्रवेश भयो ।’

केन्द्रीय सह प्रवक्ता चन्दले पार्टीले पार्कको नाम बदलेर विरेन्द्र पार्क राख्ने र त्यसभित्र विरेन्द्र वा अन्यको शालिक राख्ने सोच भएको बताए । ‘यो आज थिएन, आज त अहिलेको बेथिति विरुद्ध प्रदर्शन हो’ राप्रपाका केन्द्रीय सह प्रवक्ता चन्दले भने ।

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पनि पार्कमा कुनै पनि कार्यक्रम नभएको बताए । ‘अचानक नै भो, यो आजको कार्यक्रम थिएन’ उनले भने ।

राप्रपाले क्याम्पस रोडमा पार्क मोडमा कार्यक्रम गरी विरोध प्रदर्शन समापन गरेको छ । हरिशरण महाराज लगातयतले सम्बोधन गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...