ghar sansar

प्रमुख भन्सार अधिकृतलाई भेटेर बाणिज्य संघका दुई पूर्व अध्यक्षले भने– राज्यलाई कर तिरेर कारोबार गर्ने वातावरण बनाउन पहल गरि दिनु पर्यो

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका दुई पूर्व अध्यक्षले साना व्यवसायीलाई पश्चिमी सीमा नाकाबाट सहज कारोबारका लागि भन्सार कार्यालयसित छलफल गरेका छन् । उनीहरुले भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेलाई राज्यलाई कर तिरेर भारतबाट समान आयात निर्यात गर्ने व्यवस्थाका लागि पहल गरि दिन आग्रह गरेका छन् ।

बाणिज्य संघका पूर्व अध्यक्षद्वय माधव प्रसाद भट्ट र हेमराज पाण्डेयले प्रमुख भन्सार अधिकृत काफ्लेसित उनको कार्यकक्षमा छलफल गरी साना व्यवसायीलाई कारोबार गर्ने वातावरण बनाउन सहयोगका लागि आग्रह गरे । उनीहरुल प्रमुख भन्सार अधिकृत ढकाललाई गड्डाचौकी नाकाको काराबोर अन्य नाका भन्दा फरक भएकाले त्यस अनुसार नीति बनाएर साना व्यवसायीलाई सहज गर्न पर्ने बताएका हुन् ।

,orning glory badhai

प्रमुख भन्सार अधिकृत काफले गत महिना मात्रै आएका हुन् । उनले दुबै पूर्व अध्यक्षले साना व्यवसायीका लागि राखेको माग माथिल्लो निकायसम्म पुगाउने बताए ।

dirghayi clinic

संघका पूर्व अध्यक्ष पाण्डेयले भन्सार अधिकृत काफ्ले साना व्यवसायीका समस्या समाधानका लागि माथिल्लो निकाय कुरा गर्ने आश्वासन दिएको बताए ।

‘अहिले यो एक्जिम कोड लागू भएपछि साना व्यवसायीले कारोबार गर्न नपाउने अवस्था आएको छ, राज्यलाई कर तिरेर व्यापार गर्छु भन्दा पनि भारतबाट समान आयात निर्यात गर्न नसकिने अवस्था भयो’ उनले भने,‘यस्तो अवस्थामा भन्सार अधिकृतसित राज्यलाई कर तिरेर भए पनि समान ल्याउने व्यवस्था गरि दिनु पर्ने माग राख्यौ ।’

सरकारले २०७५ देखि विदेशबाट कारोबारका लागि निकासी पैठारी संकेत नम्बर( एक्जिम कोड) लागू गरेको थियो । पाँच वर्षपछि भन्सार नाकामा एक्जिम कोड विना समान निकासी पैठारी गर्न कडाई गरिएको छ । गड्डाचौकी भन्सार नाकाबाट साइकल केयरिङ्गबाट समान आयात रोकिएको छ ।

गड्डचौकी भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलले एक्जिम कोड लिएका व्यक्ति बाहेक अन्यले विदेशबाट निकासी पैठारी गर्न नसक्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...