ghar sansar

शुक्लाफाँटामा लक्षित वर्गका कार्यक्रम नभएको भन्दै अपाङगता भएका व्यक्ति असन्तुष्ट

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले चालु आबको योजनामा लक्षित वर्गका कार्यक्रमहरु नराखिको भन्दै अपाङ्गता भएका व्यक्तिहरु असन्तुष्ट भएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर उकास्ने,सीपमूलक, आयमुलक कार्यक्रम नराखिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

“अपाङ्गता भएका व्यक्तिहरुका लागि के योजना चाहिन्छ, ल्यानोस् भने रु तीन हजार खर्च गरेर प्रस्ताव तयार गरयौं” अपाङग एकता समाजका अध्यक्ष हरि भट्टले भने, “नगर प्रमुखलाई नगर सभामै बुझायौं, तोक लगाउने कार्य भयो, त्यसपछि थन्क्याउने कार्य गरियो ।” बजेट छैन भनेर पन्छयाउने कार्य गरिएको उनले बताए ।

,orning glory badhai

अपाङगता भएका व्यक्तिहरुका एजेण्डा नगर सभामा समावेश भए पास गराउनका लागि प्रतिवद्ध भएको कुरा नगर प्रमुखले प्रस्ताव बुझाउने क्रममा भनेको स्मरण गर्दै उनले नगर सभामै प्रस्ताव पेश नगरेर अन्याय गरेको बताए ।

“बजेट छैन भन्छन, उत्पादक क्षेत्र भन्दा बढी अनुत्पादक क्षेत्रमा बजेट खर्च गरिदै आएको छ” त्यो बजेटको सदुपयोग गर्दै लक्षित वर्ग लाभावान्तित हुने कार्यक्रम तर्जुमा गरी खर्च गर्न सक्नु असल जनप्रतिधिको दायित्व भित्र पर्छ, खोई त्यसो हुन सकेको छैन, खरो बोल्छ भनेर कुरा सुन्नु भन्दा तर्सेर भाग्ने गरेका छन् ।”

dirghayi clinic

प्रस्ताव लेख्न लागेको खर्चले कार्यालयको एक महिनाको भाडा तिर्न भ्याउथ्यो । त्यो पनि प्रस्ताव लेख्नमै सकियो उनले गुनासो गरे । भाषण र नारामा मिठा शव्द बोलेर केही हुदैन योजनामा अपाङगता भएका व्यक्तिहरुका मागलाई सम्बोधन गरिनु पर्ने उनको भनाई रहेको छ ।

“नगरपालिकाले रोजगारमुलक कार्यक्रम सञ्चालन गर्दा र कर्मचारी भर्ना गर्दा समावेशिताको आधारमा गर्नु पर्ने हो” कालीप्रसाद डगौराले भने, “अपाङगता भएका व्यक्तिहरुका आवाज सुन्न चाहदैनन्, त्यै भएर सामावेशिताको कुरालाई ओझेलमा पारेका छन् ।”

“गणतन्त्रमा सबैको अधिकार सुरक्षित हुन्छ, सबै वर्गको हक अधिकार कुण्ठित गर्न पाईदैन भन्छन, नगरपालिकाले अपाङगता भएका व्यक्तिहरुका लागि बजेटको व्यवस्था नगरेर अन्याय गरेको छ, त्यसका विरुद्ध आवाज उठाउन जरुरी भएको उहाँले उल्लेख गरे ।

“अपाङगता भएका व्यक्तिहरु पनि सपाङग जस्तै कार्य गर्न सक्छन, स्नातक तह सम्म पढेका धेरै छन, अवसर नपाईदा बेरोजगार भएर बस्नु परेको छ, त्यो मर्मलाई जनप्रतिनिधिहरुले बुझन सक्नु पर्छ” उनले भने ।

अपाङगता भएका व्यक्तिहरुका माग सम्बोधन नभए चरणवद्ध रुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने अपाङगता भएका व्यक्तिहरुको भनाई रहेको छ । अपांगता भएका व्यक्तिहरु भन्छन, हाम्रा आवाज नसुनिए नगरपालिका कार्यालयमा तालाबन्दी नै गर्छौ ।

Himal dental
सम्बन्धित
Loading...