ghar sansar

नेपाल प्राज्ञिक संगठनको तेस्रो महाधिवेशन, अध्यक्षमा जोशी चयन

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल प्राज्ञिक संगठनको तेस्रो महाधिवेशनबाट अध्यक्षमा वंशिधर जोशी चयन भएका छन् । शनिबार सम्पन्न महाधिवेशनबाट जोशीको अध्यक्षतामा तीन वर्षका लागि नयाँ समिति चयन गरिएको छ ।

संगठनको उपाध्यक्षमा गम्भीर बहादुर चन्द, महासचिव डा. दीपकचन्द्र भट्ट, सचिव हर्ष बहादुर चन्द, सह सचिव डा. मदन सिह देउपा, कोषाध्यक्ष निर्मला धामी र सदस्यमा डा. प्रयागराज जोशी, राजेन्द्र प्रशाद जोशी, पृथ्वी राज भट्ट, दीपकराज भट्ट, मनिशा उपाध्याय, हेमा जोशी र भानुभक्त जोशी चयन भएका छन् ।

,orning glory badhai

संगठनका निवर्तमान अध्यक्ष अर्जुन सिंह नेगीको अध्यक्षता गरिएको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशी प्रमुख अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन डा. भवान सिंह चलाउने, सहायक डिन डा. मदन सिह देउपा, विभिन्न विभागका विभागीय प्रमुखहरु, प्राध्यापकहरु, विभिन्न विद्यालयका शिक्षकहरू सहभागी भएका छन् ।
होटेल ओपेरामा भएको महाधिवेशनमा गम्भीर चन्द र हर्ष चन्दले संयुक्त रुपमा दुई वर्षे कार्यकालमा भएका कार्यहरूको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि सुप विश्वविद्यालयका उपकुलपति प्रा. डा. जोशीले संगठनले गर्दै गरेका कार्यक्रम र आत्मसात गरेको उद्देश्यको प्रशंसा गर्दै संगठनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

उद्घाटन कार्यक्रममा नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको कार्यसमिति सदस्य दीपकराज भट्टले जानकारी दिएका छन् ।

शैक्षिक अनुसन्धानका विभिन्न क्षेत्र समाज शास्त्र, विज्ञान, ईतिहास, अर्थशास्त्र, भाषा तथा साहित्यमा भएका अनुसन्धानबाट प्राप्त नतिजाहरू सार्वजनिक गर्ने, विभिन्न शैक्षिक अनुसन्धानका लागि उत्प्रेरित गर्ने तथा यस सम्बन्धि तालिम गोष्ठी सञ्चालन गर्ने, शिक्षकलाई तालिम प्रदान गर्ने तथा समग्रमा विद्यालयहरु तथा विश्वविद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने लगायतका उद्देश्य राखेर २०७४ मा संगठनको स्थापना भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...