ghar sansar

महाकाली अस्पतालको सामाजिक सेवा इकाईबाट चार महिनामा साढे सात बढी जनालाई सेवा

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाईबाट चार महिनामा सात बढी जनाले सेवा पाएका छन् । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा सात सय ६१ जनाले सेवा पाएका छन् ।

सामाजिक सेवा इकाईको प्रथम चौमासिक समीक्षामा प्रस्तुत प्रतिवेदन सेवा पाउनेमा पुरुष भन्दा महिला बढी छन् । उनीहरुमा महिला ३ सय ९४ र पुरुष ३ सय ६७ जना छन् ।

,orning glory badhai

चार महिनामा सबैभन्दा बढी भदौमा २ सय २७ जनाले सेवा लिएका छन् । सामाजिक सेवा इकाइले गरीब, ज्येष्ठ नागरिक, अनाथ, असहाय र अपाङ्गता लगातय कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई औषधि र उपचारमा सहयोगष् गर्दै आएको हो ।

सामाजिक सेवा इकाईका फोकल पर्सन रमेश चन्दले निर्देशिका अनुसार वडा समितिका सिफारिश लगायतका आधारमा अस्पतालको बहिरङ्ग विभागमा दुई हजार पाँच सय र अन्तरङ्ग विभागमा उपचार गराउने व्यक्तिलाई १० हजारसम्म औषध र उपचारमा सहयोग गरिएको बताए ।

फोकल पर्सन चन्दका अनुसार वडाको सिफारिश नभएर अस्पतालमा उपचार गराउन आएका कमजोर आर्थिक अवस्थाका व्यक्तिको पहिरन लगायतको हुलिया हेरेर सेवा दिने गरिएको छ ।

‘यसमा गाइड लाइन छ, त्यस अनुसार वडाको सिफारिश चाहिन्छ, त्यस बाहेक व्यक्तिको पहिरन लगायतका कुरा पनि हेर्ने गरिन्छ, डाक्टरले गरीब छ भनेर लेखी दिए पछि पनि सेवा दिन्छौ’ उनले भने,‘त्यो व्यक्ति औषधि उपचार खर्च तिर्न नसक्ने गरीब हुनु पर्छ ।’

चार महिनामा सामाजिक सेवा इकाईबाट सेवा लिनेमा सबैभन्दा बढी ब्राह्मण क्षेत्री छन् । त्यसपछि दलित र जनजातिले सेवा लिएका छन् । त्यसमा ब्राह्मण क्षेत्री ३ सय ८२, दलित २ सय ११ र जनजाति १ सय १७ जना छन् ।

dirghayi clinic

सेवा लिनेमध्ये एक सय ९० अति गरीब र ३ सय ८५ जना गरीब छन् । यसैगरी अपाङ्गता भएका ३२, पोषण पुनस्र्थापन केन्द्र ३३, एकद्वार संकट व्यवस्थापन केन्द्र ३२ र ३८ कैदीबन्दीले पनि सेवा पाएका छन् ।

सामाजिक सेवाबाट सेवा लिएकामध्ये सबैभन्दा बढी ४ सय २५ जना बहिरङ्ग र त्यसपछि आकस्मिक उपचार कक्ष २ सय ८८ जनाले उपचार गराएका छन् । अस्पतालको अन्तरङ्ग विभागमा उपचार गराउने ४८ जना छन् ।

स्थानीय तह अनुसार भीमदत्त नगरपालिका सबैभन्दा बढी ५ सय २९ जनाले सेवा लिएका छन् । त्यसपछि बेदकोट एक सय, शुक्लाफाँटा ४७, कृष्णपुर १०, दोधारा चाँदनी २४ जना छन् ।

हालसम्म २ सय १२ जना ज्येष्ठ नागरिकले सामाजिक सेवा इकाईबाट सेवा पाएका छन् । त्यसमा ६० देखि ६९ उमेर समूहका सबैभन्दा बढी ९० जना छन् ।

अस्पतालमा एक दशकदेखि सञ्चालन गर्दै आएको यो सेवा २०७४ पछि व्यवस्थित रुपमा सञ्चालन गरिएको हो । संघ र प्रदेश सरकारले सामाजिक सेवा इकाईका लागि बजेट विनियोजन गर्दै आएका छन् । गैर सरकारी संस्था निड्सले सामाजिक सेवा इकाईका कर्मचारीको तल भत्ता ब्यहोर्दै आएको छ । अस्पतालको ओपिडी भवनमा सञ्चालित सेवामा फोकल पर्सन सहित ६ जना कर्मचारी कार्यरत छन् ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्ट, जिल्ला स्वास्थ्य कार्यालयका उद्धब बहादुर ठगुन्ना, पोषण पुनस्र्थापन केन्द्रका इन्द्रा भट्ट, निड्स नेपालका अन्जु भट्ट लगायतका समीक्षामा सहभागी भएका छन् ।

बैठकमा अूस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भट्टले बजेट घट्दै आएकाले सेवा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे ।

‘अहिले बजेट घट्दै गएको छ, सेवाग्राही बढ्दै गएका छन्,’ उनले भने,‘यसले सबैलाई सेवा पुगाउन सकिदैन, त्यही भएर नगरपालिका र वडामा पनि बजेटका लागि पहल गरिएको छ ।’

स्थानीय सरकार सहित प्रदेश र संघ सरकारसित पनि बजेटका लागि पहल गरिने उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...