ghar sansar

दोधारा चाँदनीका मेयर उप मेयरको बजेटमा राईदाई

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा नगर उप प्रमुख छात्रा भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका माध्यमिक बिद्यालय तहका छात्राहरुलाई समेटेर छात्रा भलिवल रनिङ्ग प्रतियोगिता संचालन गर्न लागिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका उपाध्यक्ष चमन खड्काले जानकारी दिइन् ।

dirghayi clinic

विद्यालयमा अध्यनरत छात्रालाई समेत खेल प्रति आकर्षण बढाउन प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको वार्षिक योजना तथा कार्यक्रम अनुसार छात्राहरुलाई खेल प्रति उनिहरुको भविष्य उकास्न सहयोग हुने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन हुदै आएको छ् । प्रतियोगिता दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको लक्ष्मी माविको खेल मैदानमा संचालन हुने बताईएको छ ।

,orning glory badhai

प्रतियोगितालाई सभ्य तथा भब्य बनाउन तयारी सुरु गरिएको दोधारा चाँदनी नगर खेलकुद समितिले जनाएको छ । नगर खेलकुद विकास समिति दोधारा चाँदनीको आयोजनामा सञ्चालन हुने भनिएको नगर उप प्रमुख छात्रा भलिबल प्रतियोगितामा सहभागी हुन दोधारा चाँदनी नगरपालिका क्षेत्रका ११ सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गरिएको नगर खेलकुद विकास समिति दोधारा चाँदनीका उपाध्यक्ष चमन खड्काले बताए ।

यस अघि मेयर किशोर कुमार लिम्बुले डे नाइड क्रिकेट प्रतियोगिता, खसी भबिलल प्रतियोगिता, नगर स्तरीय म्याराथुन लगायत आयोजनाका लागि बजेट खर्च गरि सकेका छन् । दोधारा चाँदनीमा मेयर र उप मेयर दुबैले नगर सभाबाट आ–आफ्ना लागि छुट्टाछुट्टै कार्यक्रमका लागि बजेट विनियोजन गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...