ghar sansar

राप्रपाले बिहीबार संविधान चोकमा राजा महेन्द्रको शालिक राख्दै, दलहरुलाई सहयोगका लागि आग्रह

little buddha academy
khasi

सन्तोस पन्त
महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार संविधान चोकमा राजा महेन्द्रको शालिक पुनस्र्थापित गर्ने सबै तयारी गरेको छ । राप्रपाले पूर्व निर्धारित कार्यक्रम अनुसार भीमदत्त नगरपालिका – ४ स्थित संविधान चोकमा राजा महेन्द्रको सालिक राख्न लागेको जनाएको छ ।

राप्रपाका कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले सालिक राख्नेको लागि सम्पूर्ण तयारी पुरा भएको बताए । उनले चोकमा राजा महेन्द्रको पुरानो सालिक जस्तै अष्टधातुको सालिक राखिने बताए । उनले राजा महेन्द्रको इतिहास जोगाउन सालिक राखिने भएकाले सबै दललाई सहभागिताका लागि आग्रह गरे ।

,orning glory badhai

सालिक अनावरण सँगै वृहत आमसभाको आयोजना गरिएको उनले बताए । उनले भने ‘हामीले पूर्व घोषित कार्यक्रम अनुरूप आम सभाको सम्पूर्ण तयारी पुरा गरिसकेका छौँ ।’ उनले आमसभामा सहभागिताका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट सहभागि आउने बताए । आमसभामा सहभागि हुन कैलालीबाट मात्रै २५ बसमा सहभागि जाने बताइएको छ । आमसभा अघि ओपेरा होटेलबाट ¥यालि निकालेर बसपार्क हुँदै कार्यक्रम स्थलमा पुग्ने जनाइएको छ ।

dirghayi clinic

आमसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, प्रवक्ता ज्ञानेन्द्र शाही, सहप्रवक्ता पूर्ण बहादुर चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संविधान चोकमा राजा महेन्द्रको सालिक राख्ने राप्रपाले घोषणा गरेसँगै कञ्चनपुरका ८ राजनीतिक दलले विरोध जनाएका थिए । कांग्रेस, एमाले, माओवादी सहितका दलले संविधान विपरित सालिक राख्न लागिएको भन्दै विरोध जनाएका थिए । जसका कारण महेन्द्रनगरमा राजा महेन्द्रको सालिक अनावरणका क्रममा विवाद हुने आशङ्काका बीच निषेधाज्ञा लगाइने हल्ला चलेको छ । राप्रपाका जिल्ला अध्यक्ष स्वयंले प्रशासनले कार्यक्रमलाई रोक्न निषेधाज्ञा लगाउने आशंका व्यक्त गरे ।

प्रजातान्त्रिक महिला सङ्गठनका जिल्ला अध्यक्ष हेलेन श्रेष्ठले महेन्द्रनगरकै इतिहास रच्ने राजाको सालिक पुनर्स्थापना गर्दा विरोध गर्न नहुने बताइन् । ‘यो विषय विवादमा पार्नु हुदैन, ‘उनले भनिन, ‘इतिहास जगेर्ना हामी सबै राष्ट्रवादी जनताको चाहना पनि हो ।’

माओवादीका जिल्ला संयोजक खेम पाण्डेले भने गणतन्त्र चोक स्थानीय तह मातहत भएकाले कुन ठाउँमा के राख्ने अधिकार स्थानीय सरकारको भएकाले आफूहरूले विरोध गरेको बताए । उनले आफूहरूको विरोध यथावत रहेको बताए ।

उता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने सालिक राख्ने विषयमा कुनै जानकारी नआएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बिहीबार आमसभा गर्ने बारेमा राप्रपाले जानकारी दिएको भए पनि सालिक राख्ने विषयमा कुनै जानकारी प्राप्त नभएको बताए ।

Himal dental
सम्बन्धित
Loading...