ghar sansar

पुस १५ देखि कबर्ड हलमा प्याब्सन फेस्टिबल

little buddha academy
khasi

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेस(प्याब्सन) कञ्चनपुरले यस वर्ष पुस दोस्रो साता प्याब्सन फेस्टिबल गर्ने भएको छ । प्याब्सन कञ्चनपुरको बुधबार बसेको बैठकले पुस १५ देखि १८ गतेसम्म कबर्ड हलमा फेस्टिबल गर्ने निर्णय गरेको हो ।

प्याब्सनले कोरोना महामारी बाहेक सबै वर्षमा फेस्टिबल आयोजना गर्दै आएको छ । प्याब्सन आवद्ध सबै विद्यालय फेस्टिबलमा सहभागी हुने अपेक्षा गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा बसेको बैठकमा प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द लगायतका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला समितिका पदाधिकारी सहभागी थिए ।

प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेब प्रसाद भट्टले विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्न, विद्यालय र विद्यार्थीबीच आपशी सम्बन्ध बलियो बनाउने, विद्यार्थीहरुको खेलप्रति अभिप्रेरित गर्ने लगायतको लक्ष्य राखेर फेस्टिबल आयोजना हँुदै आएको बताए ।

प्याब्सनले उपाध्यक्ष भट्टको नेतृत्वमा फेस्टिबल मूल आयोजक समिति बनाएको छ । समितिमा तेज बहादुर चन्द, सचिव राकेश बहादुर चन्द र कोषाध्यक्ष केशवराज जोशी, सह कोषाध्यक्ष अक्कल बहादुर रोकाया सहित सबै पालिकाका अध्यक्ष सदस्य छन् । चन्दलाई प्राविधिक समितिको जिम्मेवारी दिइएको छ ।

मूल समितिले बिहीबारदेखि फेस्टिबल आयोजनाको तयारी अघि बढाएको छ । समितिले बिहीबार प्याब्सन आवद्ध सबै विद्यालयलाई सहभागिताका लागि पत्राचार गरेको छ । फेस्टिबलमा एथ्लेटिक्स, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, कबड्डी लगायतका खेलहरु हुने छन् ।

Himal dental
सम्बन्धित
Loading...