ghar sansar

उदयदेब बहुउद्देश्यीय सहकारीको २५ औं वार्षिक साधारण सभा सुरु

little buddha academy
khasi

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कञ्चनपुरको २५ औं वार्षिक साधारण सभा सुरु भएको छ । भानु पार्टी प्यालेशमा सुरु साधारण सभाको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले गरेका छन् ।

dirghayi clinic

कार्यक्रममा मन्त्री देउवाले सहकारीको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार सधैं लागि पर्ने बताए । उनले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पनि सहकारी क्षेत्र बलियो बनाउने विषयमा छलफल हुने बताए ।

,orning glory badhai

सहकारीका अध्यक्ष पूर्ण बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगर सहकारी सञ्चालका अध्यक्ष ईश्वरी प्रसाद खरेल, कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिह भाट, जिल्ला सहकारी संघका उपाध्यक्ष खगेश्वर केसी, भलिबल प्रशिक्षक जगदीश प्रसाद भट्ट, भीमदत्त नगरपालिका सहकारी शाखाका प्रमुख बिमला भाट लगायतले शुभ कामना मन्तव्य राखे ।

कार्यक्रममा अध्यक्ष चन्दले सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । सहकारीका सदस्य सचिव गणेश बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ठ बचतकर्ता, पत्रकार सहितलाई सम्मान गरिएको छ ।
उद्घाटन सत्रपछि सहकारीको बन्द सत्र सुरु हुने बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...