ghar sansar

केयरिङ्ग श्रमिकको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै जिफन्टले गर्यो सहयोगको लागि सबैलाई आव्हान

khasi

महेन्द्रनगर । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले भारतीय सीमावर्ती सहरबाट साइकलमा समान केयरिङ्ग गर्र्दै आएका श्रमिकको आन्दोलनलाई निष्कर्षमा पुगाउन सबै पक्षलाई सहयोगको आव्हान गरेको छ ।

वर्षौदेखि व्यक्तिगत र फर्मका नाममा समान केयरिङ्ग गर्र्दै आएका उनीहरुलाई पश्चिमी सीमा नाकामा केयरिङ्ग गर्न बन्द गरिएपछि उनीहरुले सुरु गरेको आन्दोलनमा जिफन्ट सहित सबै घटक युनियनले ऐक्यवद्धता जनाएका छन् ।

जिफन्ट घटक नेपाल स्वरोजगार श्रमिक व्यापार संघ केयरिङ्ग इकाले कमिटीले आइतबार उद्योग बाणिज्य संघमा श्रमिकहरुलाई भेला गरी बाणिज्य संघलाई सहयोगका लागि आग्रह गरेको थियो । संघले आइतबार संघलाई समस्या समाधानका लागि भूमिका निर्वाह गर्न ज्ञापन पत्र बुझाएको छ । 

गड्डाचौकीस्थित भन्सार कार्यालयले यस अघि व्यक्तिगत र फर्मको नाममा प्रज्ञापन पत्र भरी समान ओसारपसार गर्न दिर्दै आएकोमा चालु आर्थिक वर्षदेखि एक्जिम कोड भएका बाहेक अन्य सबैलाई समान ल्याउन बन्द गरेको छ । भन्सारले समान ल्याउन बन्द गरेपछि केयरिङ्गकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

dirghayi clinic

 

पश्चिमी सीमा नाका गड्डाचौकी भएर तीन सय बढीले दैनिक रुपमा सीमावर्ती भारतीय सहरबाट समानन केयरिङ्ग गर्दै आएका थिए । जिफन्टले सोमबार आव्हान गरेको ऐक्यवद्धतामा वर्षौदेखि समान व्यक्तिगत र फर्मको भन्सार राजश्व काटेर उनीहरुले समान ल्याउँदै आएको उल्लेख गरिएको छ ।

भन्सार कार्यालयले अचानक समान केयरिङ्ग बन्द गरेपछि श्रमिकहरुको चुलो बल्न नसक्ने अवस्था भएको चिन्ता व्यक्त गर्दै जिफन्टले विगतझै राजश्व तिरी समान ल्याउने वातावरण बनाउनु माग गरेको छ ।

जिफन्ट जिल्ला समन्वय कमिटी कञ्चनपुरका संयोजक भोज बहादुर ऐर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कञ्चनपुरका अध्यक्ष भोज बहादुर शाही, नेपाल सुरक्षा श्रमिक युनियन कञ्चनपुरका संयोजक रामनाथ यादव, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ भीमदत्त नगरका अध्यक्ष सरस्वती नाथ र नेपाल बिजुली पेन्टर, प्लम्बर तथा निर्माण युनियन भीमदत्तका अध्यक्ष देब कुमारी थरुनी लगायतले ऐक्यवद्धतामा हस्ताक्षर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...