ghar sansar

सुदूरपश्चिमका पाँच पत्रकारलाई माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टरको सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालले सुदूरपश्चिमका पाँच पत्रकारलाई सम्मान गरेको छ ।

dirghayi clinic

कृष्णपुर नगरपालिकाको गुलरियामा भएको प्रेस सेन्टरको भेला तथा मिडिया सम्मेलनमा जनताका आधारभूत समस्या उठान गरेको भन्दै कैलालीका उन्नति चौधरी सहित कञ्चनपुरका मोहन विष्ट, कैलालीका सुरेन्द्र ताम्राकार, दार्चुलाका हरि प्रशाद जोशी र अछामका नरेन्द रावललाई सम्मान गरिएको छ ।

,orning glory badhai

कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख अग्नि सापकोटाले उनीहरु सबैलाई सम्मान गरी सम्मान पत्र प्रदान गरे । पूर्व सभामुख सापकोटाले प्रेस जनताप्रति उत्तरदायी र राज्यले प्रेसको संरक्षण गर्न पर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम बिक्रम भाट (सरल), माओवादी केन्द्रका आईसिटी विभाग इन्चार्ज गोकर्ण भट्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जुगल सापकोटा लगातले मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...