ghar sansar

कबर्ड हलमा पुस १५ देखि प्याब्सन फेस्टिबल, पाँच हजार विद्यार्थी सहभागी हुने

little buddha academy
khasi

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कञ्चनपुरले पुस १५ गतेदेखि तीन दिन १२ औं प्याब्सन महोत्सव(प्याब्सन फेस्टिबल) आयोजना गर्ने भएको छ । प्याब्सनले बिहीबार पत्रकार सम्मेलन गरी फेस्टिलब आयोजनाको तयारी सम्बन्धि जानकारी गराएको छ ।

प्याब्सनले २०६६ देखि कोरोना महामारी अघि सुरु हुन अघिसम्म बर्सेनी फेस्टिबल आयोजना गर्दै आएको थियो । कोरोना महामारीले हुन नसकेको फेस्टिलब चार वर्षपछि फेरि हुन लागेको हो ।

,orning glory badhai

फेस्टिबल कबर्ड हलमा आयोजना गर्ने तयारी गरिएको छ । प्याब्सन आवद्ध झण्डै पाँच दर्जन विद्यालय फेस्टिबलमा सहभागी हुन भएका छन् । ती सबै विद्यालयमा पाँच हजार बढी विद्यार्थी फेस्टिबलमा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले निजी विद्यालयका विद्यार्थी पठनपाठन बाहेक अन्य गतिविधिमा पनि अब्बल हुने कुरा फेस्टिबलमा पुष्टि हुने बताए ।

‘निजी विद्यालय पठनपाठनमा त अब्बल छँदैछन्, यो सबैलाई थाह भएकै कुरा हो, त्यस बाहेक अन्य कुरामा पनि अब्बल हुन्छन् भन्ने कुरा यो फेस्टिबलबाट पुष्टि हुन्छ’ उनले भने ।

फेस्टिबले विद्यार्थीको पठनपाठन बाहेक शारीरिक, मानसिक र संवेगात्मचक विकास हुने तथा विद्यालयहरुबीच आपशी सम्बन्ध बलियो हुने केन्द्रीय सल्लाहकार चन्दको भनाई थियो ।

केन्द्रीय सल्लाहकार चन्दले फेस्टिबलमा जिल्लाभरका ५० भन्दा बढी विद्यालयका ५ हजार बढी विद्यार्थी सहभागी हुने र विजेताहरुले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिने बताए ।

प्याब्सन फेस्टिबलमा सहभागी विद्यालयले यस अघि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उपाधी जितेका छन् । यस वर्ष पनि उपाधीका लागि दाबेदार फेस्टिलबमा तयार हुने विश्वास लिइएको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले विद्यार्थीहरुको सर्वाङ्गिण विकास गर्ने लक्ष्य राखेर फेस्टिबल आयोजना हुँदै आएको बताए ।

‘यो विद्यार्थीहरुको सबै सर्वाङ्गिण विकासका लागि हो, यसबाट राष्ट्रिय अन्र्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन हुने विश्वास राखेका छौ’ उनले भने ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा समावेश हुने सबै खेल समावेश गरिएका छन् । त्यसमा इनडोर र आउडडोरका सबै खेल समावेश छन् । त्यसमध्ये ब्याडमिन्टन र टेबलटेनिसका खेलहरु शुक्रबारदेखि सुरु हुन लागेका छन् ।

चार दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन परराष्ट्र मन्त्री एनपी साउँदले गर्ने तयारी छ । मन्त्री साउँदलाई प्रमुख अतिथिका लागि निमन्त्रण पत्र पठाइ सकिएको छ । महेन्द्रनगर बजारमा प्रभातफेरिपछि कबर्ड फेस्टिबल उद्घाटन हुने छ ।

dirghayi clinic

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने कञ्चनपुरका सबै प्रदेश सभा सदस्य, सबै राजनीतिक दलका प्रमुख, प्याब्सनका वर्तमान र पूूर्व सबै पदाधिकारी सहभागी हुने छन् ।

प्याब्सन फेस्टिबल व्यवस्थापन मूल आयोजक समितिका संयोजक जिल्ला उपाध्यक्ष महादेब प्रसाद भट्टले फेस्टिबलमा विजेता विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताए ।

फेस्टिबलमा आउने सम्भावित विवाद समाधानका लागि प्याब्सनका पूर्व पदाधिकारी सम्मिलित उच्च स्तरीय समिति गठन गरिएको संयोजक भट्टले जानकारी दिए ।

फेस्टिबलबाट विद्यार्थीले आफूभित्र लुकेको कला प्रदर्शन गर्न पाउने र विद्यालयहरुबीच आपशी सम्बन्ध बलियो बन्ने अपेक्षा गरिएको संयोजक भट्टको भनाई थियो ।

प्याब्सनमा जिल्लाभरका १ सय ८ विद्यालय सहभागी सहभागी छन् । सबै पालिकामा प्याब्सन संगठन विस्तार गरिएको छ । २०४९ पहिलो पटक कञ्चनपुरमा प्याब्सन स्थापना भएको थियो ।

प्याब्सनका जिल्ला सचिव राकेश बहादुर चन्दले फेस्टिलब राष्ट्रपति रनिङ्ग शिल्डको तयारीका लागि आयोजना गरिने बताए । ‘यसबाट विद्यार्थीको अनुशासन र प्रतिस्पर्धा गर्ने क्षमता बढ्छ’ उनले भने ।

प्याब्सनले सबै सदस्य विद्यालयलाई सहभागतिाका लागि पत्राचार गरेको छ । प्याब्सनले ८ बुँदे मापदण्ड सहित विद्यालयहरुलाई सहभागिताका लागि पत्र पठाएको हो ।

प्याब्सनका मापदण्ड अनुुसार एथ्लेटिकमा कुनै पनि तहको विद्यार्थीले तीन खेल मात्रै भाग लिन पाउने छ । त्यसैगरी भलिबल र कबड्डी खेल्ने विद्यार्थीले अन्य खेलमा सहभागी हुने पाउने छैनन् ।

प्रतियोगिता उद्घाटनको अघिल्लो दिन खेल तालिका सार्वजनिक गर्ने तयारी छ । मार्च पासमा उत्कृष्ठ पाँच विद्यालयलाई पुरस्कृत गरिने संयोजक भट्टले बताए ।

प्याब्सनले सहभागी विद्यालयबाट सहयोग संकलन गरी प्रतियोगिता आयोजना गर्न लागेको छ । फेस्टिलबका लागि ५ देखि ७ लाखसम्म खर्च हुने अनुमान गरिएको छ ।

यो खर्च फेस्टिबलको प्रवेश शुल्क र त्यसपछि इभेन्ट अनुसार सहभागिताका आधारमा शुल्क जुटाइने लागेको छ । फेस्टिबलमा सहभागी हुन माध्यमिक तहका विद्यालयले ५ हजार र आधारभूत तहका विद्यालयका लागि चार हजार प्रवेश शुल्क राखिएको छ । त्यसपछि इभेन्ट अनुसार ५० रुपैँयादेखि ५ सयसम्म शुल्क लिने निर्णय गरिएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय सल्लाहकार चन्द सहित केन्द्रीय सदस्य प्रेम सिह पुजारा, प्याब्सन सुदूरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, उपाध्यक्ष केशवदत्त भट्ट, जिल्ला अध्यक्ष अमराज भट्ट लगायत पदाधिकारी, कार्य समिति सदस्य लगायतका सहभागी भएका छन् ।

प्याब्सन जिल्ला अध्यक्ष भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा चन्द प्रमुख अतिथि थिए । फेस्टिबल व्यवस्थापन  मूल समितिका संयोजक भट्टले फेस्टिबलको तयारी सम्बन्धि जानकारी गराए । प्याब्सन जिल्ला सचिव चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...