ghar sansar

भीमदत्तमै छैन सबै घरधुरीमा बिजुली बत्ती, प्राधिकरणको प्रादेशिक कार्यालय पुगे निवर्तमान मुख्यमन्त्री रावल

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको घाडिघाँच क्षेत्रमा विद्युतिकरणका लागि प्रयास थालिएको छ । महाकाली सिंचाई आयोजनाको तेस्रो चरणको नहर उत्तर र चुरेको फेदमा रहेका बस्तीमा विद्युतिकरणका लागि सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा विपक्षी दलका नेता राजेन्द्र सिंह रावलले पहल थालेका हुन ।

कैलालीको अत्तरियास्थित नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जंग बहादुर चन्दलाई भेटेर निवर्तमान मुख्यमन्त्री रावलले उक्त क्षेत्रको समस्याबारे ध्यानाकर्षण गराएका हुन ।

,orning glory badhai

सदरमुकाम महेन्द्रनगर नजिकै भएपनि घाडिघाँच क्षेत्रमा अझैँ पनि पूर्ण रुपमा विद्युतिकरण हुन सकेको छैन। उक्त क्षेत्रमा विद्युतिकरण नहुँदा स्थानीय अध्यारोमा रात बिताउन बाध्य भएका छन् । सिंचाईको अभावमा खेत बाझै राख्नुपर्ने अवस्था आएको उनीहरुको भनाई छ ।

dirghayi clinic

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको डीप बोरिङ पनि विद्युतको अभावमा उनीहरुले सञ्चालनमा ल्याउन सकेका छैनन । डीप बोरिङ सञ्चालनमा आए सिजन अनुसारको तरकारी र खेतीका लागि सिंचाई सुविधा पुग्ने वडा नं. ८ का स्थानीय पदम बोहराले बताए ।

‘छरिएर रहेको बस्तीमा बत्ती नहुँदा स्कुले छात्रछात्रालाई अध्ययनमा समस्या हुने गरेको छ,’ बोहराले भने, ‘कतिपय व्यक्ति र समूहहरुले डीप बोरिङका लागि सामान पाएपनि बिजुलीको अभावमा जडान गर्न नसक्दा सिंचाई सुविधाबाट बञ्चित हुँदै आएका छन् ।’

पूर्व मुख्यमन्त्री रावलले विद्युत प्राधिकरणका प्रदेश प्रमुख चन्दसँग उक्त समस्या अवगत गराएपछि समाधानको बाटो खोजिने आशा जाँगेको छ। चन्दले विद्युतबाट बञ्चित घरधुरीको लगत संकलन कार्य प्रारम्भ गर्ने र अध्ययनपछि उक्त क्षेत्रमा विद्युतिकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

भीमदत्त नगरपालिकाका वडा नं. १, ३, ७, ८, ९ र १० को उत्तरी चुरे फेदका गाउँहरुमा बिजुली नहुँदा स्थानीय अध्यारोमा बस्न बाध्य भएको र सिंचाईको अभावमा खेती गर्न समेत समस्या भईरहेको भन्दै निवर्तमान मुख्यमन्त्री रावलले यथासिघ्र समस्या समाधानतर्फ पहल थाल्न आग्रह गरेका थिए ।

‘कञ्चनपुर पूर्ण विद्युतिकरण जिल्ला घोषणा हुन बाँकी छ,’ प्रदेश प्रमुख चन्दले भने, ‘घाडिघाचलगायत केहीँ क्षेत्रमा विद्युत नपुग्दा घोषणा रोकिएको हो, ती क्षेत्रमा विद्युत विस्तारका लागि हामी प्रतिवद्ध छौं र चाडै काम सुरु गछौं।’

Himal dental
सम्बन्धित
Loading...