ghar sansar

एनजीओ शैलीमा रमाउँदैछ दोधारा चाँदनी प्रहरी

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनीमा नेपाल प्रहरीले बिभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र मातहतमा रहेका प्रहरी कार्यालयले दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडा तथा टोल बस्तीमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दोधारा चाँदनी नगरपालिका– ९ माताटोलमा समेत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मातहतमा रहेको बाबाथान चौकीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ् ।

,orning glory badhai

बाबाथान प्रहरी चौकीका ईन्चार्ज तथा असई गणेश बहादुर बस्नेतको कमाण्डमा दोधारा चाँदनी नगरपालिका– ९ माताटोलमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा स्थानिय, प्रहरी टोलीको उपस्थिती रहेको थियो । बाबाथान प्रहरी चौकीका ईन्चार्ज तथा असई गणेश बहादुर बस्नेतले निर्देशन अनुसार प्रहरीको दैनिक कार्यक्रम रहेको बताएका छन् । यस्तै प्रहरीले दोधारा चाँदनी नगरपालिका– ४ कृष्ण चाँदनी बजार क्षेत्रको सडक सरसफाई कार्यक्रम गरेको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले कृष्ण चाँदनी बजार ब्यवस्थापन समिति संग सहकार्य गरि बजार क्षेत्रको सडकहरु सफा गरेको कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले जानकारी दिएका छन् । बजार क्षेत्र बढी भिडभाड हुने हुदा सडक दुर्घटना न्युनिकरणको लागी सडकको दुबै छेउमा ट्ेरेक बनाउनमा प्रहरी तयारी रहेको बताईएको छ ।

‘बजार क्षेत्रको सडकलाई पानीले धोएर सफा गर्ने काम भएको छ्’ कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले भने ।

लागूऔषध दुरुपयोगबाट हुने असर, लागूऔषध दुरुपयोगको कानुनी प्रावधान र ट्राफिक नियम, बाल विवाह, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी जनप्रतिनिधिहरु, समाजसेवी, विद्यार्थी, अभिभावक, बिभिन्न संघ–संस्था, स्थानीयहरु संग सहकार्य गरि प्रहरीले बिभिन्न समयमा जनचेतना कार्यक्रम गर्दै आएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको आधिकारिक फेसबुक पेज उल्लेख छ । जनचेतनामुलक कार्यक्रमबाट समाजमा हुने जघन्य अपराध न्यूनिकरणमा टेवा पुग्ने प्रहरीले बिश्वास लिएको छ् ।

Himal dental
सम्बन्धित
Loading...