ghar sansar

मदनको मेवा खेती

khasi

महेन्द्रनगर । चैत पहिलो साता एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनमा भीमदत्त नगरपालिका १० तिल्केनीका मदन कुमार भण्डारीले एकाएक चर्चामा आए । उनी चर्चामा आउनु कारण थियो, एमाले अखिलको सदस्य भएको ३२ वर्षपछि जिल्ला कमिटी सदस्य हुनु । भण्डारीले नवौ अधिवेशसम्म एमालेमा राजनीतिसंगै व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान फैलाई सकेका थिए । अहिले उनी किसानका रुपमा चर्चामा आएका छन् । भण्डारीको मेवा खेती अहिले चर्चामा छ ।

गत वर्र्षदेखि मेवा खेतीमा लागेका भण्डारीको मेवा फलाएर बजारमा पुगाएका छन् । भण्डारीको तिल्केनीस्थित बारीमा पुगेर व्यवसायीहरु मेवा किनेर लिने गरेका छन् ।

भण्डारीका अनुसार दैनिक ५० किलो मेवा बजारमा बिक्रीका लागि जाने गरेको छ । धान गहुँ उब्जनी हुने जमिनमा भण्डारीले तीन हजार मेवाका बोट लगाएर खेती सुरु गरेका हुन् । ती बोटमध्ये आधा बढीले फल दिएको भण्डारी बताउँछन् ।

‘गर्मीमा दैनिक ५० किलोसम्म मेवा बिक्रीका लागि गएको छ, प्रति किलो ६० रुपैँयाका हिसाबले बारीमा किनबेच गरिएको छ’ उनले भने ।

डेढ लाख लगानी गरी गत वर्ष मेवा खेती सुरु गरेका उनले जाडो मौसममा अपेक्षा अनुसार उत्पादन हुन नसकेको बताए । उनले हालसम्म तीन लाखको मेवा बिक्री गरि सकेका छन् । ‘यो चाहिँ ६ महिनामा फल्ने गर्छ, जाडोमा आशा अनुसार फलेन’ उनले भने ।

आधुनिक र व्यवसायिक खेती गर्ने लक्ष्य राखेर मेवा खेती सुरु गरिएको भण्डारीले बताए । भारतको देहरादुनको डिएभी कलेजबाट स्नातक र काठमाडौंबाट स्नातकोत्तर उत्तीर्ण गरेका उनी कृषिबाट देशको आर्थिक अवस्था सुधार ल्याउन सकिने बताउँछन् ।

भण्डारीलाई मेवा खेतीमा उनका आमा बुवा र धर्मपत्निले मेवा खेतीमा साथ दिएका छन् । भण्डारीका बुवा पदम बहादुर भण्डारी अवकाश प्राप्त इन्जिनियर हुन् ।

मदनले खेतीपाती हुने जमिनमा मेवा लगाएपछि उनी असन्तुष्ट भएका थिए । अहिले खेतमा आएर मेवा बिक्री भएपछि उनका बुवा खुसी छन् ।

dirghayi clinic

‘यो हाम्रो धान गहुँ लगाउने खेतबारी हो, सुरुमा त आमा बुवाले धान गहुँ खानलाई पुग्दैन, जे पायो त्यही गरेर कहाँ हुन्छ भन्नु भयो’ भण्डारीले सुनाए, ‘हिले आमा बुवा खुसी हुनु हुन्छ, मेवाको आम्दानी वहाँहरुले नै राख्नु भएको छ, खेतमा काम गर्न जानु हुँछ ।’

अहिले भण्डारीका आमा बुवा सबै जग्गामा मेवा खेती लगाउनु पर्ने मनस्थितिमा पुगेका छन् । मेवा किन्न खेतबारीमा जाने व्यवसायीसित आमा बुवाले कारोबार गर्ने गरेको उनी बताउँछन् ।

भण्डारीका आमा बुवा बाहेक धमपत्नि करुणा पनि मेवा खेतीमा सक्रिय छिन् । १० कट्टा जग्गामा धान गहुँ लगाउँदा १५÷२० हजार भन्दा बढी आम्दानी नहुने भण्डारीले बताए ।

मेवाको बोटसंगै बीचमा सयपत्री फूल लगाएर बिक्री गरिएको छ । सयपत्री फूलबाट ५० हजार आम्दानी गरिएको छ ।

भण्डारी परिवारले आधुनिक र व्यवसायिक कृषिका लागि बैजनाथ सिद्धनाथ कृषि तथा पशुपन्छी पालन फर्म खोलेका छन् । भण्डारीकी धर्मपत्नि करुणा फर्मका सञ्चालक छन् ।

भण्डारी सरकारले व्यवसायिक कृषि गर्ने किसानलाई सहुलियत र उत्पादन बिक्री वितरणका लागि सहयोग गर्न पर्ने बताउँछन् ।

भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेका भण्डारीको बाल्यकाल तिल्ेकनीमा बितेको थियो । जिमुवाबाट विद्यार्थी राजनीतिमा संलग्न भएका उनी २०४८ देखि राजनीतिमा सक्रिय छन् ।

       

Himal dental
सम्बन्धित
Loading...