ghar sansar

भीमदत्त १३ का वडा अध्यक्ष बनाउँदै नमूना वस्ती, ५ घर बनेर बस्न थाले वासिन्दा, अरु घर बन्दै

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ स्थित नमूना वस्तीमा ५ घर निर्माण भएर स्थानीयले बस्न थालेका छन् । वस्तीमा ९ घर बनाउन थालेकोमा ५ घरको निर्माण कार्य सकिएको छ । अन्य घरको निर्माणाधिन छन् । निर्माण कार्य सकिएका घरमा स्थानीयले बस्न थालेका छन् ।

भीनपा १३ का वडा अध्यक्ष रामचन्द्र बोहराले नमूना वस्तीमा ५ घर निर्माण कार्य सकिएर प्रयोगमा आएको जानकारी दिए ।

,orning glory badhai

‘वडा कार्यालयले वस्तीमा ९ घर बनाउँदैछ, त्यसमा हालसम्म ५ घरको निर्माण कार्य पूरा भएर प्रयोग आइ सकेको छ, अहिले ५ घरका वासिन्दा घरमा बसि रहेका छन्’ वडा अध्यक्ष बोहराले भने ।

महाकाली नदी किनारमा पिपरिया घाट नजिक नमूना बस्ती बनाउन थालिएको छ ।वस्तीमा सबै दलित समुदायका वासिन्दा छन् । वडा अध्यक्ष बोहराले गरीब वासिन्दाको बसोबासका लागि नमूना वस्ती बनाउन थालेका हुन् ।

dirghayi clinic

बोहरा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका थिए । उनलाई वस्तीमा वासिन्दा भगवना भन्ने गर्छन् ।

वडा अध्यक्ष बोहराले सबै घर निर्माण कार्य पूरा भएपछि वासिन्दालाई हस्तान्तरण गरिने बताए ।

वस्तीमा बाटोको ट्रयाक खोलिएको छ । यसैगरी बस्तीमा शौचालय निर्माण गरिएका छन् । नमूना वस्तीमा निर्माण भीमदत्त नगरपालिका सहित विभिन्न दाताले सहयोग गरेका छन् ।

वडा कार्यालयको वार्षिक नीति, कार्यक्रम र बजेटमा नमूना वस्तीमा समावेश हुँदै आएको छ । वडा अध्यक्ष बोहराले अध्यक्ष निर्वाचित भएको पहिलो वर्षदेखि नमूना वस्ती निर्माण अघि बढाएका हुन् ।

नमूना वस्तीका सबै वासिन्दाका खरले छाएका कच्ची घर थिए । कमजोर आर्थिक अवस्थाका कारण उनीहरुले पक्की घर बनाउन सकेका थिएनन् । वस्तीमा सबै परिवार मजदुरी गरी जीविका चलाउँदै आएका छन् । केही परिवार मजदुरीका लागि भारत समेत जाने गरेका छन् ।

‘यो वस्ती निकै नै नाजुक अवस्थाको हो, यहाँका सबै परिवार मजदुरी गरी जीविका चलाउँछन्, पक्की घर बनाउन सक्ने अवस्था छैन’ वडा अध्यक्ष बोहराले भने,‘वहाँहरु पनि पक्की घरमा सुरक्षित भएर बसुन भन्ने चाहना हो, त्यसका लागि वडा कार्यालयले यो काम गरि रहेको छ ।’

Himal dental
सम्बन्धित
Loading...