ghar sansar

केन्द्रीय सदस्यमा पराजित भएपछि एमाले पूर्व साँसद डा. भट्टले भने– पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने अभियानमा सधैै सक्रिय हुन्छु

khasi

महेन्द्रनगर । एमाले पूर्व साँसद डा. दिपक प्रकाश भट्टले नेकपा एमाले ११ औं महाधिवेशनबाट उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टीका रूपमा स्थापित भएको बताएका छन् ।

११ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार डा. भट्टले मत परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओली सहित सबैलाई बधाई दिँदै महाधिवेशनबाट एमाले फेरि लाकेतान्त्रिक अभ्यास गर्ने पार्टीको रुपमा स्थापित भएको बताएका हुन् ।

dirghayi clinic

‘ नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । महाधिवेशनमा अध्यक्ष निर्वाचित हुनु भएकोमा कमरेड केपी ओलीसहित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु, नेपालका राजनीतिक पार्टीहरुमा उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टीका रूपमा फेरि एकपटक नेकपा एमाले स्थापित भएको छ । निर्वाचनको प्रकृयामा उम्मेदवारका रुपमा भाग लिई लोकतान्त्रिक अभ्यासलाई सबल बनाउने सम्पूर्ण कमरेडहरुको भूमिकाको सम्मान गर्दछु’ भट्टले भनेका छन् ।

पूर्व साँसद भट्टले आफूलाई केन्द्रीय सदस्यमा मत दिने सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् । उनले निर्वाचन हारलाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने अभियानमा सक्रिय रहने प्रतिवद्धता समेत गरेका छन् ।

‘यस महाधिवेशनमा मलाई केन्द्रीय सदस्य पदमा अमूल्य मत दिनुहुने सबै प्रतिनिधि कमरेडहर र प्रचारप्रसारमा अहोरात्र खट्ने कमरेडहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । यो अभियानमा साथ दिनुहुने संचारकर्मी देश र विदेशमा रहेर साथ, सहयोग र समर्थन गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दछु । निर्वाचनको प्रकृयामा हारलाई स्वभाविक रुपमा स्वीकार गर्दछु। पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने अभियानमा म सकृय रहिरहने प्रतिवद्धता व्यक्त गर्दछु’ उनले भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...