
झलारीमा एकता सन्देश सभालाई सम्बोधन गर्दै नेकपा नेता रावलले भने– ओलीजी अहिले पुर्नस्थापनाको एजेण्डा भन्दै हिँडेका छन, फेरि पनि प्रधानमन्त्री बन्ने चाहना छ, यो कदापी सुहाउँदैन


महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम बहादुर रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्री बन्ने चाहना राखेर संसद पुनस्र्थापनको माग गरेको बताएका छन् । उनले ओलीको प्रधानमन्त्री बन्ने चाहना कुनै पनि हालतमा सुहाउने खालेको नभएको उल्लेख गरे ।
‘उतिबेला ओली जीले दुई÷दुई पटक प्रतिनिधी सभा विघटन गरिदियो, अहिले आएर पुर्नस्थापनाको एजेण्डा भन्दै हिँडेका छन, फेरि पनि प्रधानमन्त्री बन्ने चाहना राखेका हुन् यो कदापी सुहाउँदैन, नेकपा कञ्चनपुरले सोमबार झलारी खुला मञ्चमा गरेको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले भने, ‘उतिबेला नै ओलीले नेकपालाई देश र जनताको हितमा काम गरेको भए, अहिलेको स्थिति आउने नै थिएन ।’

नेता रावलले ओलीकै कारण कम्युनिष्ट पाटी, सरकार, संसद, देशलाई खरानी बनेको आरोप लगाए ।

‘७ बर्ष अघि तत्तकालिन नेकपा माओवादी र एमालेबी एकतापछि बनेको नेपाल कम्युनिष्ट पाटी सिध्याउनका लागि ओलीले बिना कारण दुई पटक संसद विघटन गरि दिए’ उनले भने, ‘अहिले आएर ओली र एमालेले संसद पुर्नस्थापनाको कुरा गर्न समेत नैतिकताले सुहाउँछ ।’
संसद, पाटीलाई खरानी बनाएका ओलीले सिद्धान्त नै नमिल्नेसंग संविधान संशोधन गरेर सुशासन ल्याउँछौँ भन्ने विषय लज्जाबोध भएको बताए ।
तोेपले नढल्ने भन्ने ओलीको सरकारलाई युवाले ढलाएको स्मरण गराउँदै फेरि संसद पुर्नस्थापना गराएर सरकार बनाउने खेलमा नलाग्न चेतावनी दिए ।
‘म र विद्यादेवी भण्डारीसंग ओली डराएर हाम्रो सदस्यता खाईदिए, ‘उनले भने, ‘अहिले पनि ११औँ महाधिवेशन ओलीले धादली गरेर जितेका हुन ।’
