

महेन्द्रनगर । कञ्चनपुर कारागारमा कैदीबन्दी र नाइके चौकीकार सहित झडपमा परी घाइते भएकालाई उपचारपछि अन्यत्र स्थानान्तरण गरिएको छ ।

पोशाक भत्ताको रकमलाई लिएर विवाद भएपछि कारागारभित्र झडप हुँदा १३ जना घाइते भएका थिए । उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले घाइते भएका सबैलाई नेपालगञ्ज र दाङ्ग पठाइएको बताए ।

